२०८२ मंसीर ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर

८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर


काठमाडौ—प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गरेका गर्भवतीको काठमाडौं महानगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । १० मंसिरमा महानगरको स्वास्थ्य विभागले प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराएका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको हो ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रममा प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराउने महिलाहरुलाई स्वास्थ्य बीमामा निःशुल्क आवद्ध गराउने नीतिअनुसार निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको विभागले जनाएको छ ।

महानगरपालिकाले नजिकका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भ जाँच गरी निःशुल्क स्वास्थ्य बीमा सेवा लिन आग्रह गरेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ