२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा

स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा


चिया स्वास्थ्यको लागि सकारात्मक छ वा नकरात्मक भन्ने कुरामा विश्वका वैज्ञानिकहरुका आ—आफ्ना धारणा रहेका छन् । तर, अनुसन्धानकर्ताहरुले यस विषयमा गरेको अनुसन्धानबाट चियाका धेरै फाइदाहरु पत्ता लागेका छन् ।

जसअन्तर्गत स्वास्थ्यमा सकारात्मक प्रभावहरु जस्तैः स्वस्थ पाचन प्रणाली, मोटोपना घटाउन मद्धत सँगसँगै शरीरलाई फूर्तिलो बनाइ राख्ने पनि पर्दछन् । पुदिना चिया एक यस्तो प्रकारको चिया हो जसले मानवको शारीरिक तथा मानसिक स्वास्थ्य स्थितीमा सुधार ल्याउँदछ ।

पुदिनालाई अंग्रेजीमा ‘पेपरमिन्ट’ पनि भनिन्छ । यसले शरीरमा हुने संक्रमणलाई रोक्दै मानिसको तौल बढ्नबाट समेत रोक्दछ । प्राकृतिक वरदानका रुपमा लिइएको यस चियामा कुनै किसिमको सुगर र क्याफेन नहुनेको विज्ञहरुले बताएका छन् ।

पुदिना चियाको सेवनका फाइदा

१. पेटको मोटोपना घटाउन
प्राकृतिक तत्वले भरिपूर्ण यस चियाले पेटमा लाग्ने बोसोको मात्रा कम गर्दै स्वस्थ पाचन प्रणाली व्यवस्थित गर्न मद्धत पुर्‍याउँछ । सन् २०१३ मा गरिएको एक अध्ययनले यस चियाको सेवनले शरीरलाई ऊर्जा दिँदै अधिक मात्रामा लाग्ने भोकलाई नियन्त्रण गरेको जनाइएको छ ।

२. संक्रमण जोखिम कम गर्ने
पुदिनामा रहेका तत्वहरुमा शरीरका लागि हानिकारक ब्याक्टेरियाहरुसँग लड्ने क्षमता रहेको हुन्छ । मुख, दाँत तथा गलामा हुने विभिन्न किसिमका संक्रमणबाट जोगिन पनि यस चियाले मद्धत गर्दछ ।

३. आरामदायक निन्द्राका लागि
पुदिना चियामा रहेको खास तत्वले मानीसको शरीरलाई फूर्तिलो बनाउनुका साथै आरामदायक निन्द्राको लागि पनि मद्धत पुर्‍याउँछ । त्यस्तै एक अध्ययनले पुदिनाको बास्ना लिँदा शरिरलाई आनन्द मिल्ने र तनावमुक्तसमेत हुने पत्ता लगाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ