२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा

डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा


काठमाडौं– डा. गोविन्द केसीसँग वार्तामार्फत सहमति खोज्न सरकार सक्रिय रूपमा अघि बढेको छ । शनिबार डा. केसीसँग वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल धनगढी पुगेका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै हिजो बेलुका डा. गोविन्द केसीसँग टेलिफोन संवाद भएको र सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव प्रत्यक्ष वार्ताका लागि धनगढी पुगेको उल्लेख गरेका छन् ।

उनले वार्तालाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव पनि भोलि धनगढी पुगेर छलफलमा सहभागी हुने कार्यक्रम रहेको बताएका छन् ।

सरकारले संवाद र सहकार्यको माध्यमबाट यस विषयको छिटोभन्दा छिटो सहमतिपूर्ण समाधान निकाल्न प्रतिबद्ध रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ