२०८३ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याप शो हुँदैं

१६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याप शो हुँदैं


ललितपुर—चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याप शो हुने भएको छ । १६ साउनमा नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्ड हलमा क्यान्सर सर्भाभइर र्‍याप शो हुन लागको हो ।

उक्त क्यान्सर सर्भाभइर र्‍याप शो व्यवस्थापन श्रीदीप प्रा.लि.ले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालसँगको सहकार्य रहेको छ । शो मा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी र्‍यापमा उभिनेछन् ।

उक्त अभियानकी अगुवा, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष र उपचारका लागि सहयोगी हातहरुकी अध्यक्ष स्वरुपा श्रेष्ठले शो बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यान्सरका बिरामीलाई मोटिभेट गर्नका लागि सन् २०१९ मा क्यान्सर सर्भाभइर र्‍याप शो आयोजना गर्दाको अनुभव सुनाइन् ।

‘त्यतिबेला क्यान्सर बिरामीहरु अगाडि आउन निकै गाह्रो मान्थे । हामीलाई २४ जना र्‍याप शो मा उतार्न पनि हम्मे—हम्मे भएको थियो,’ उनले भनिन्, ‘अहिले ७ वर्षपछि धेरै कुराहरु परिवर्तन भएका छन्, अहिले १०० जनाभन्दा बढी क्यान्सर सर्भाइभर र्‍याप शो मा उत्रिदैं हुनुहुन्छ ।’

उनले क्यान्सरका बिरामीलाई मोटिभेट गर्नका लागि र्‍याप शो को कन्सेप्ट आएको जानकारी दिइन् । ‘पहिलो संस्करण गर्न निकै गाह्रो थियो । अहिले धेरै पोजेटिभ म्यासेज गएको छ,’ उनले थपिन् ।

क्यान्सर रोग विशेषज्ञ डा. सचिन शाक्यले क्यान्सरको जनचेतना अहिले बढिरहेकाले धेरै क्यान्सरका बिरामी देखिएको बताए । उनले क्यान्सरबाट बच्नका लागि जीवनशैली र खानपिनमा सुधार आवश्यक रहेको धारणा राखे । ‘स्वास्थ्यका लागि हामी दिनमा ५ मिनेट पनि दिन सक्दैनौं,’ उनले भने, ‘खानामा प्रोसेस फुड र फास्टफुड खान्छौं जुन निकै हानिकार छ ।’ उनले परीक्षण गर्ने प्रविधि बढेकाले पनि क्यान्सरका बिरामी बढी देखिएको बताए ।

मोडल डली गुरुङले अघिल्लो क्यान्सर सर्भाइभर र्‍याप शो हरुमा सहभागिता कम र एक्साइटमेन्ट बढी रहेको स्मरण गरिन् । ‘यस पटक १०० भन्दा बढीले सहभागिता जनाउँदैं हुनुहुन्छ, बालबालिका र भर्खरै किमो दिएका बिरामीहरु पनि सहभागिता हुदैं हुनुहुन्छ,’ उनले भनिन् ।

बाल क्यान्सर रोग विशेषज्ञ डा. अन्जली पण्डितले यस पटक बालबालिकालाई पनि र्‍याप शोमा बढी प्राथमिकता दिएको बताइन् ।

कोरियोग्राफर विशाल गुरुङले २२ वर्षको फेशन करिअरमा यो आफ्नो नयाँ अनुभव रहेको बताए । उनले यस्तो फेशन शो ले हरेक क्यान्सर सर्भाइभरलाई इनभिजिबल पावर इम्प्लान्ट गर्ने धारणा व्यक्त गरे ।

नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरले क्रियटिभ वर्क मन पराउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ