२०८३ साउन १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति

अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति


काठमाडौं—न्यूनतम पारिश्रमिक र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राख्दै १४ साउनदेखि नर्स ज्योति रानाभाट आमरण अनसनमा बसेकी छन् । उनको समर्थनमा काठमाडौं उपत्यकाका नर्सहरूले समेत प्रदर्शन गरिरहेका छन् ।

रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै आन्दोलनको छैटौं दिनमा अन्य नर्सहरूले समेत प्लेकार्डसहित प्रदर्शन गर्दै ऐक्यबद्धता जनाएका छन् ।

अनसनरत नर्स रानाभाटको माग सम्बोधनको लागि सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता भएको थियो । वार्तामा अनसनरत नर्सको तर्फबाट जीता बराल, कल्पना रिजाल कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी थिए ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव, अतिरिक्त सचिवसँगै मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरु सहभागी थिए । तर, वार्ता कुनै ठोस सहमति नभएको मन्त्रालयले जनाएको छ ।

उनका मागका विषयमा सहमति जुटाउन पुनः वार्ताको तयारी भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ