२०८३ भदौ २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण भएका छन् । शुक्रबार प्रकाशित नतिजाअनुसार १०१३ परीक्षार्थी सहभागी भएकामा ९४७ जना उत्तीर्ण भएका छन् ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले  परीक्षामा सहभागी १०१३ जनामध्येमा ६५ जना अनुतीर्ण भएको जानकारी दिए ।  काउन्सिलले ७ र ८ साउनमा विशेष लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो ।

काउन्सिलको परीक्षामा नेपालमा पढेका सबैभन्दा बढी परीक्षार्थीले परीक्षा दिएका थिए । नेपालका मेडिकल कलेजहरुमा पढेका ९१९ परीक्षार्थीले परीक्षा दिएकामा ९०४ जना पास भएका थिए । जुन ९८.३७ प्रतिशत हो ।

यस्तै, पाकिस्तान पढेका ९ जना परीक्षार्थीमध्ये ९ जना नै पास भएका छन् भने अमेरिकामा पढेका एक जनाले परीक्षा दिएकामा एक जना नै पास भएका छन् ।

कुन देश पढेका कति उत्तीर्ण ?

कुन कलेजका कति प्रतिशत उत्तीर्ण ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ