२०८३ भदौ २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नवनियुक्त पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

न्याम्सको रेक्टरमा डा. रविराम श्रेष्ठ नियुक्त भएका छन् भने रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला नियुक्त भएकी हुन् । डिनमा भने डा. विकास विक्रम अधिकारी नियुक्त भएका छन् ।

यस्तै, कर्णाली प्रतिष्ठानको रेक्टरमा डा. धर्मदत्त सुवेदी नियुक्त भएका छन् भने रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री नियुक्त भएका छन् । यस्तै, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन् ।

यसअघि न्याम्सको उपकुलपतिमा प्रा.डा. विवेक आचार्य र कर्णालीको उपकुलपतिमा प्रा.डा. सुर्यमान मेयाङ्बो नियुक्त भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ