२०८३ असोज १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता

स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्री मेहता र राजदूत मनिखरबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा राजदूतले मनिखरले भोटेकोशी बाढीबाट नेपालमा परेको क्षतिप्रति साउदी अरब सरकारको ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक सहयोगका क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्री मेहताले नेपाल र साउदी अरबबीचको सुमधुर सम्बन्ध तथा यस वर्ष मनाइँदै गरेको दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई थप अर्थपूर्ण बनाउँदै जनस्तरमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएकी थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ