२०८३ असोज २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर

अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर

२ करोड ३ लाख ७१ हजार ८७५ रुपैयाँ २४ पैसाको बराबरको सम्पत्तिको स्रोत खुलेन


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौं तहका डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर गरेको छ । शुक्रबार अख्तियारले डा. सापकोटा विरुद्ध २ करोड ३ लाख ७१ हजार ८७५ रुपैयाँको स्रोत नखुलेको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

डा. सापकोटा २५ साउन २०५३ सालमा स्वास्थ्य सेवाबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनले ३० बैशाख २०८० सालमा स्वास्थ्य सेवाबाटै अवकाश पाएका थिए । सो अवधिमा उनले पारिश्रमिक तलब/बचत, विभिन्न भत्तामध्ये बैठक भत्ता, प्रोत्साहन भत्ता र अन्य दैनिक भ्रमण भत्ता बचत, सवारी साधन बिक्री आय, घरबहाल आय, छात्रवृत्ति आय, बिरामी जाँच आय, एकासगोल आय, सेवा पूर्व आय र नगद लाभांश आय गरेर तीन करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा वैधानिक आय देखिएको अख्तियारले जनाएको छ ।

तर, डा. सापकोटाका नाममा घरजग्गा, सेयर, सवारी साधन, कर्जा भुक्तानी, बिमा प्रिमिय भुक्तानी रकम, अध्ययन खर्च, सवारी साधन बैना रकम, आमालाई संयुक्त रुपमा हेरचाह खर्च, सुन खरिद, विद्युतीय उपकरण खरिद, घरबहान व्यय वापतको रकम, विदेश भ्रमण खर्च, पहिलो श्रीमतीलाई दिएको खर्च, नगद मौज्दात र बैंक मौज्दात गरी ५ करोड ३९ लाख ७१ ह्जार ८७५ रुपैयाँ अठाउन्न पैसा बराबरको कुल सम्पत्ति तथा लगानी देखिएको थियो । कुल आय र कुल खर्च घटाउँदा पनि उनको २ करोड ३ लाख ७१ हजार ८७५ रुपैयाँ २४ पैसाको स्रोत नखुलेपछि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ