काठमाडौं—सरकारले महत्वपूर्ण नीतिगत परिवर्तन गर्ने योजनाअनुरुप आमालाई कम्तिमा ६ महिना तलबसहितको प्रसूति विदा दिने प्रस्ताव गरिएको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन विधेयक संसदमा दर्ता गरेकी हुन् ।
सरकारी, गैरसरकारी निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि ६ महिनासम्म तलबसहित विदा दिन प्रस्ताव गरिएको छ । यसअघि उक्त विधेयकमा सुत्केरी आमालाई तलबसहित ९८ दिनसम्म प्रसूति विदा पाउने व्यवस्था थियो ।
यस्तै, बुवालाई ४२ दिनसम्म तबलसहित प्रसूति स्याहार विदाको प्रस्ताव विधेयकमा गरिएको छ। बुवालाई १५ दिन विदाको व्यवस्था रहेको थियो ।
सरकारले यसलार्य महत्वपूर्ण नीतिगत परिवर्तन भनेको छ । ‘विधेयकमा आमालाई कम्तिमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ,’ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोविता गौतमले भनेकी छन्, ‘सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो । सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो ।’