२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुवा महिला चिकित्सक डा. यादवको निधन

युवा महिला चिकित्सक डा. यादवको निधन


झापा—विरामीको सेवामा तत्लीन एक युवा महिला चिकित्सकको अल्पायुमै निधन भएको छ । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुशीला यादवको झापास्थित बी एन्ड सी मेडिकल कलेजमा उपचारकै क्रममा आइतबार विहान निधन भएको छ ।

झापा शनिश्चरे नै स्थायी ठेगाना भएकी २८ वर्षीया डा. यादवले सन् २०१६ मा नेपालगन्ज मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकी थिइन् । उनी त्यसपछि केही समय काठमाडौंको सिभिल सर्भिस अस्पताल कार्यरत रहिन् ।

वि.स. २०७३ सालमा लोकसेवाको परीक्षामा उत्तीर्ण भएपछि उनले स्थायी चिकित्सकको रुपमा २०७३ पौष ५ गतेबाट शनिस्चरे प्राथमिक केन्द्रमा कार्यरत रहेर सेवा पु¥याउदैं आएकी थिइन् ।

तीन वर्षअघि उनलाई आमासयको क्यान्सर (Gastric Cancer) निदान भएको थियो । उनी तीन वर्षदेखि निरन्तर क्यान्सरको उपचारत थिइन् । भारतको नयाँदिल्ली समेत गएर अमासयको शल्यक्रिया समेत गराएकी थिइन् । उनी केमोथेरापी भनिने एक प्रकारको क्यान्सरको उपचार विधीमा थिइन् ।

तर, केही समयदेखि स्वास्थ्यस्थिती बिग्रन थालेपछि उनी झापाकै बी एन्ड सी मेडिकल कलेजमा भर्ना भएकी थिइन् । शनिश्चरे प्राथमिक केन्द्रमा कार्यरत सीएमए मनिषा मगरकाअनुसार डा. यादव कर्मचारी र स्थानीयबीच एकदमै मिलनसार थिइन् । ‘विरामीको उपचारको लागि हरदम खटिने गर्नुहुन्थ्यो,’ उनले भनिन् । आफू स्वयम् क्यान्सरले पीडित भएर उपचाररत रहेको अवस्थामा पनि डा. यादवले जनताको स्वास्थ्य उपचारमा तल्लीन थिइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ