२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुरक्षा माग गर्दै गृहमन्त्री कहाँ पुगे युवा चिकित्सक, दोषीमाथि कारवाहीको माग

सुरक्षा माग गर्दै गृहमन्त्री कहाँ पुगे युवा चिकित्सक, दोषीमाथि कारवाहीको माग


काठमाडौं-देशभर चिकित्सकमाथि आक्रमणका घटना बढेको भन्दैं युवा चिकित्सक संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । आइतबार संघका अध्यक्ष डा चेतन बस्नेतसहितको युवा चिकित्सकहरुको टोलीले गृहमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदैं युवा चिकित्सकहरुले यस्तै अवस्था रहेमा चिकित्सकहरु भयभित अवस्थामा काम गर्न नसक्ने जनाएका छन् । युवा चिकित्सक संघले कुनै पनि चिकित्सकमाथि भएको हातपात र दुब्र्यवहारप्रति गृहमन्त्रालले कडाभन्दा कडा कारवाही गरी भयरहित वातावरणमा चिकित्सक र स्वास्थ्यकर्मीले काम गर्ने ब्यवस्था मिलाउन गृह मन्त्रालयसँग माग गरेका छन् ।

साथै, संघले उपचारका क्रममा विरामीको मृत्यु हुने उपचारको जटिलता भएको उल्लेख गर्दै यसैको फाइदा उठाउँदैं विभिन्न गिरोह शक्ति केन्द्रको आडमा मृत्यु भइसकेका विरामीका आफन्तजनसँग रकमको सम्झौता गर्ने र अस्पतालमा आन्दोलन गर्ने गरेको कुरा विभिन्न सञ्चारमाध्यमा आएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

संघले पछिल्लो समय देशभर चिकित्सकमाथि भइरहेका घटनाले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।‘विगत केही वर्षदेखि देशभर नेपाल सरकार र नेपाल सरकारको मातहतमा रहेका अस्पतालहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई काम गरेको अवस्थामा हातपात भएको कुरा विभिन्न सञ्चारमाध्यममा जानकारी नै छ,’ गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘केही दिनयता शिवराज अस्पताल, कपिलबस्तु, हेटौडा अस्पताल, हेटौडा, सिन्धुली जिल्ला अस्पताल, सिन्धुली र डडेल्धुरा अस्पताल, डडेल्धुरामा कार्यरत चिकित्सकहरुमाथि फेरि हातपात भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हामी यस्ता घटनाप्रति घोर भत्र्सना गर्दछौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ