२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुराका सबै चिकित्सकलाई गोदानले काठमाडौं बोलायो

डडेल्धुराका सबै चिकित्सकलाई गोदानले काठमाडौं बोलायो


काठमाडौं–विरामीको मृत्युपछि डडेल्धुरा अस्पतालमा उत्पन्न अवस्थापछि सरकारी चिकित्सक संघ (गोदान)ले त्यहाँ कार्यरत सबै चिकित्सकलाई काठमाडौं बोलाएको छ । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका छन् ।

साथै, संघले यसबाट सिर्जित सम्पूर्ण परिस्थितीको जिम्मेवार स्थानीय निकाय, प्रशासन र स्वास्थ्य मन्त्रालयको हुने भन्दैं घटनापछि उत्पन्न परिस्थितीमा स्थानीय निकाय र प्रशासनको रबैयामाथि पनि प्रश्न उठाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चरम मानसिक तनाव र असुरक्षाकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहुनु परेको र यस्तो अवस्थामा अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ ।’

संघले चिकित्सक तथा स्वास्थ्यकर्मी उपर दुब्र्यवहार तथा हातपात गर्ने र अराजकता मच्चाउने अपराधीलाई कारबाही गर्नुको सट्टा अस्पताल सञ्चालन गर्न चिकित्सकलगायतलाई दबाब दिनु स्थानीय प्रशासन को चरम निकम्मापन बताएको छ ।

‘उच्च साहसका साथ डडेलधुराजस्तो विकट ठाउँमा समेत उपचार सेवा संलग्न चिकित्सकहरु को उच्च मूल्यांकन हुनुपर्ने ठाँउमा यस्तो चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको र यसको असर कालान्तरसम्म त्यहाका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था स्थानीय सरकारको समेत रहेको ध्यानाकर्षण गराउदछौं,’ गोदानको विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ