२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ का टोल टोलमा स्वस्थ्य जीवन प्रवर्द्धन सिमित बन्दै, विराटनगरबाट अभियान सुरू

प्रदेश १ का टोल टोलमा स्वस्थ्य जीवन प्रवर्द्धन सिमित बन्दै, विराटनगरबाट अभियान सुरू


विराटनगर—१ नम्बर प्रदेशमा स्वस्थ्य जीवन प्रवद्र्धन अभियानको शुभारम्भ भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विराटनगरमा बुधबार एक समारोहका बीच उक्त अभियानको शुभारम्भ गरेको हो ।

स्वास्थ्य जीवन प्रवद्र्धनको शुभारम्भ संघीय सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरे । ‘स्वास्थ्य नागरिक, समृद्ध प्रदेश’ भन्ने मुल नाराको साथ यो अभियानको शुभारम्भ भएको हो ।

अभियानको उद्घाटन गर्दै मन्त्री ढकालले स्वस्थ्य जीवन प्रवद्र्धन अभियानलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने बताए । उनले मुलुक विधी र प्रक्रियाबाट नचलेको बताए । विधीबाट नचलेको कारणल गर्दा मन्त्रालयको फाइल पनि नभेटिने गरेको उनले सुनाए । ‘यस मध्ये पनि स्वास्थ्य मन्त्रालय जनस्तरको हो । यही मन्त्रालय सिंहदरवार बाहिर छ,’ उनले भने, ‘मन्त्रालयमा केही विषयको रेकर्ड मगाउँदा भेट्न मुस्किल परेको छ ।’

उनले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकोे मन्त्रालय भएकोले यसलाई सुधार गरेर अगाडि बढनुपर्ने दायित्व रहेको बताए । ‘राज्यले लगानी गरेको संस्थाको दुरुपयोग गरेर निजी अस्पताल मटोउन षड्यन्त्रमूलक ढंगले काम भइरहेको छ,’ मन्त्री ढकालले भने, ‘यसमा सबै सचेत बन्न हुन जरुरी छ ।’

कोशी अस्पतालमा कार्यरत चिकित्सकको नाम भजाएर निजी क्लिनिकले फाइदा उठाउने गरेको मन्त्री ढकालले बताए । ‘मैले सुन्ने गरेको छु । कतिपय निजी अस्पताल मोटाउन राज्यले लगानी गरेको ठूलो सरकारी अस्पतालको मेसिनहरू बिग्रिन्छ,’ उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी निजीमा लैजाने गरेका छन् ।’ जनताको भष्यिमाथि खेलबाड गरी राज्यले लगानी गरेको अस्पतालको दुरुपयोग भएको मन्त्री ढकालको भनाई थियो । उनले स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी दोहन भएको बताए ।

शहरदेखि टोलमा स्वास्थ्य प्रर्वद्धन अभियान : मन्त्री घिमिरे
कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले प्रदेश सरकारले सुरु गरेको स्वस्थ्य जीवन प्रवद्र्धन अभियान सहरदेखि टोलसम्म प्रभावकारी रुपमा कार्यन्वयन गर्न जरुरी रहेको बताए । अभियानलाई प्रभावकारी बनाएर जनस्तरसम्म पु¥याउन सबै लाग्नुपर्ने मन्त्री घिमिरेले जोड दिए ।

‘यो अभिायनलाई जागरण दिन एउटा कार्यन्वयन संयन्त्र बन्नेछ,’ मन्त्री घिमिरले भने, ‘यो संयन्त्रमा प्राविधिकसहित, सामाजिक अभियन्ता, जनप्रतिनिधीहरूको सहभागी रहनेछन् ।’ फागुन मसान्तसम्मसम्म सहरदेखि गाउँसम्म स्वास्थ्य प्रर्वद्धन अभियानमा पुग्ने उनले बताए । हरेक वार्ड र टोलमा स्वास्थ्य जीवन प्रवद्र्धन समिति बन्ने भएको छ । रोग लाग्न नदिन सुरु गरिएको स्वस्थ्य जीवन प्रवद्र्धन अभियानलाई सबैको साथ सहयोगले प्रभावकारी बनाउनुपर्ने मन्त्री घिमिरेले बताए ।

सार्वजनिक स्थलहरूमा सुर्तिजन्य वस्तुको विक्री वितरणमा कडाइ गरिने मन्त्री घिमिरेले जानकारी दिए । ‘सूर्तिजन्य पद्धार्थ ऐनमा सार्वजनिक स्थलमा सूर्तिजन्य वस्तुको विक्री वितरणमा प्रतिबन्ध लगाएको छ,’ मन्त्री घिमिरेले भने, ‘अस्पताल, स्कुल र सार्वजनिक स्थलमा सूर्तिजन्य वस्तुको विक्री वितरणमा अब प्रदेश सरकारले रोक लगाउनेछ । यसको कार्यन्वयन प्रदेशको राजधानीबाट सुरु हुनेछ ।’ क्रमसः विस्तारै प्रदेशभरि सार्वजनिकस्थलमा सूर्तिजन्य वस्तुको विक्री वितरणमा रोक लगाइने मन्त्री घिमिरेले बताए ।

स्वस्थ्य जीवन प्रवद्र्धन अभियानको शुभाराम्भ कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुहरुको सहभागिता रहेको थियो । सोही अवसरमा सहभागिहरूले कार्यक्रम परिसरमा स्वास्थ्य परिक्षण पनि गराएका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ