२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलले ओम अस्पतालबाट मृतकको सक्कल रेकर्ड मगायो

मेडिकल काउन्सिलले ओम अस्पतालबाट मृतकको सक्कल रेकर्ड मगायो


काठमाडौं—पित्तथैलीको शल्यक्रियाका क्रममा बिहीबार ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएपछि केही दिनदेखि तनावग्रस्त ओम अस्पतालमा सोमबार विरामीका आफन्त र अस्पताल प्रशासनबीच सम्झौता भएर आर्थिक लेनदेनमा कुरा मिलेको खबर बाहिरिरहँदा नेपाल मेडिकल काउन्सिलले सो घटनाको सत्यतथ्य छानविनका लागि पहल थालेको छ ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियाको निर्देशनपछि सोमबार दिउँसो २ बजे बसेको काउन्सिलको ब्यवसायिक आचरण समितिको बैठकले सो घटनाको छानविन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । स्रोतकाअनुसार काउन्सिलले सोमबारै पत्राचार गरी ओम अस्पताललाई उक्त घटनामा मृतक थापाको उपचारका क्रममा खडा भएको सम्पूर्ण मेडिकल रेकर्डको प्रमाणित सक्कल प्रतिलिपी २४ घण्टाभित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।

ब्यवसायिक आचरण समितिका संयोजक तथा काउन्सिलका प्रवक्ता डा. ढुण्डीराज पौडेलले ओमलाई २४ घण्टे पत्र काटिएको पुष्टि गरे । उनले हेल्थ आवाजसँग भने, ‘उजुरी परेर होइन्, हामीले विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई आधार बनाएर ओमलाई पत्र काटेका छौं । चिकित्सा क्षेत्रमै यत्रो उथलपुथल भएकाले के भएको हो जानकारी गराउनु भनेर पत्र पठाइएको हो ।’

यी र यस्ता घटनाहरुमा पीडित पक्षको उजुरी नपरेतापनि नेपाल मेडिकल काउन्सिलले आफ्नो ऐन विनियममा टेकेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ । यसअघि नर्भिक अस्पतालमा आफन्त र अस्पतालबीच सम्झौता भइसकेको घटनामा पनि काउन्सिलले छानविन गरेको थियो । जसमा लापरवाही प्रमाणित भएपछि उपचारमा संलगन चिकित्सकहरुलाई आवश्यक कारवाही समेत गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ