२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटनले ‘क्वाक चिकित्सक’लाई ‘विशेषज्ञ चिकित्सक’ बनाएर काम गराएको भन्दैं काउन्सिलमा उजुरी

पाटनले ‘क्वाक चिकित्सक’लाई ‘विशेषज्ञ चिकित्सक’ बनाएर काम गराएको भन्दैं काउन्सिलमा उजुरी


काठमाडौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गैर चिकित्सक अर्थात `क्वाक´ चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराएको भन्दै नेपाल मेडिकल काउन्सिलमा एक उजुरी परेको छ । ३० जेठमा नेपाल डेन्टल एसोसिएसनले पटक–पटक गैर चिकित्सकको माध्यमबाट ठगी काम भइरहेको गुनासो आएको भन्दै पाटल स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा विभागमाथी छानविनको माग सहित काउन्सिलमा उजुरी हालेको हो।

एशोसिएसनका महासचिव डा कुम्भराज जोशीको हस्ताक्षर रहेको उक्त उजुरीमा आफ्नो अध्ययनबाट आफूसँग अकाट्य प्रमाण रहेको भन्दै पाटनको डेन्टोफेसियल अर्थोपेडिकमा `क्वाक´चिकित्सकको अभ्यासले विरामी र चिकित्सा पेशालाई नै ठग्ने काम भैरहेको बताइएको छ । ‘यस्तो अनैतिक अमर्यादित र गैर कानुनी कार्यमा संलग्न ब्यक्ति तथा संस्थालाई कडाभन्दा कडा कारवाही गर्नु हुन भनी यो उजुरीसहितको निवेदन पेश गर्दछु,’ उजुरीमा कारवाहीको माग गर्दै भनिएको छ ।

नेपालमा `क्वाक´ चिकित्सकका कारण स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको पेशा निकै दर्दनाक र चुनौतीपूर्ण भएको भन्दैं डेन्टल एसोसिएसनले चिन्ता समेत जाहेर गरेको छ ।

‘प्रतिष्ठानको दन्त चिकित्सा विभागको अर्थोडन्टिक्स तथा डेन्टोफेसियल अर्थाेपेडिकमा गैर चिकित्सकलाई विशेषज्ञ चिकित्सकको रुपमा काम गराई सेवाग्राही विरामीको आधारभूत अधिकारको हनन हुने गरी ठगी काम भैरहेको कुरा हामीलाई बारम्बार गुनासो आइरहेका थियो,’ एसोसिएसनका महासचिव डा. जोशीको हस्ताक्षर रहेको उक्त पत्रका उल्लेख छ, ‘हाम्रो संगठनले उक्त विभाग र सम्बन्धित जिम्मेवार ब्यक्तिहरुलाई समेत पटक–पटक सचेत गराउँदा पनि कुनै परवाह नगरी गैरकानुनी तवरले `क्वाक´ चिकित्सकलाई प्रोत्साहन हुने गरी, ब्यक्तिगत लाभ, कुत्सित मनसायबाट यो काम किन भैरहेको छ ?’

उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ठूला र संगठित अपराध हेर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र ओडनलाई बोधार्थ पठाइएको छ । तर, च. नं. ११६८ को उक्त उजुरीमा `क्वाक´ चिकित्सक हो हुन् भन्ने खुलाइएको छैन।

पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले हेल्थआवाजसँग गैर चिकित्सकलाई काममा लगाएको भन्ने कुरा कसरी आयो आफूले थाहा नपाएको बताए । बोधार्थ गरी पठाएको पत्र पनि आफूले नपाएको उनले बताए । ‘बोधार्थ गरेको चिठी पाएको छैन । त्यस्तो त्यो खै के भन्ने, कसले किन लगायो, यहाँ कसले किन लगाउने? प्राइभेट भए स्वार्थका लागि लगाउला, यो सरकारी हो। यसमा कसले किन लगाउछ,’ उनले भने, ‘केही अस्टिटेन्टले पनि सहयोग गर्छन् । सर्जनले मात्र अपरेसन गर्दैन, नर्स र सहायकहरु पनि हुन्छन्, त्यसमा कसैले सहयोग गर्यो होला । उनले दातको, अनुहारको नाप लिनेलगायतका केही काम असिस्टेन्टले गर्ने बताउँदैं त्यो कुनै जघन्य अपराधजस्तो काम नभएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ