२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा अनौठो कोरोना भाइरस फेला परेको दावी

नेपालमा अनौठो कोरोना भाइरस फेला परेको दावी


काठमाडौं – नेपालमा अनौठो प्रकारको कोरोना भाइरस पत्ता लागेको छ । एक अध्ययनले नेपालमा मानिस, चमेरो, कुखुरा र मुसामा कोरोना भाइरस भएको प्रमाणीत गरेको हो ।

७ वर्ष लगाएर गरिएको उक्त अध्ययन अनुसन्धान विहीवार सार्वजनिक भएको छ । ‘सार्स’ र ‘मर्स’ जस्तै रोग लगाउने भाइरस फेमेलीको कोरोना भाइरस नेपालमा पत्ता लागेको हो । सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर ३० हजार नमुना परिक्षण गरेको थियो । विज्ञकाअनुसार कोरोना भाइरसले ‘सार्स’ र ‘मर्स’ जस्ता संक्रामक रोग लगाउँछ । ‘मर्स’ उटबाट लाग्छ भने ‘सार्स’ जनावरबाटै मानिसमा सर्ने गर्छ ।

नेपालमा देखिएको उक्त कोरोना भाइरस भने ‘सार्स’ र ‘मर्स’ गराउँनेभन्दा भिन्न छ, ‘संस्थाका कार्यकारी निर्देशक दिवेश कर्मचार्यले भने, ‘यो ‘सार्स’ गराउने भाइरस भए नभएको बारे अझै अध्ययन आवश्यक छ ।’

नेपालमा देखिएको भाइरसले अनौठो प्रकारको निमोनिया फैलाउने गर्छ । त्यस्तै ‘हान्टा’ भाइरस पनि पत्ता लागेको छ जुन मुसाबाट मानिसमा सर्छ । यसले भयावह रुप लिन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् ।

त्यस्तै, मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रुपमा फैलन सक्ने ‘डब्लुएचओ’ले जनाएको छ । अध्ययनले विभिन्न १९ प्रकारका नयाँ भाइरस पत्ता लगाएको छ । कोरोना भाइरसका विभिन्न प्रजाती हुन्छ ।

संस्थाले मानिस र जनावरबीचको दुरी नजिक भएको ठाउँमा अनुसन्धान गरेको थियो । काठमाडौको बाग्मती किनारमा बस्ने सुकुम्बासी बस्ती, जडिबुटी, टेकुदोभान, कलंकी, मकवानपुर, लाजिम्पाट, चितवन लगायतका क्षेत्रमा मुसा, बाँदर, चमेरो, मानिसहरुमा अध्ययन गरिएको थियो । वान हेल्थको नीति अवलम्बन गर्दै जंगली जनावर, घर पालुवा जनावर र मानिसबाट संकलन गरिएको नमुना परिक्षण गरिएको थियो ।

कुन जनावरबाट के सर्न सक्छ ?
अनुसन्धानले कुकुर–स्यालबाट रेबिज, कुखुरा र हास (चराचुरुङी) बाट बड्फ्लु (एच७) र (एन९), सुँगुरबाट स्वाइनफ्लु (एच१) र (एन१), विरालोबाट ‘टोक्सोप्लाज्मोसिस’, मुसाबाट ‘लेक्टोस्पाइरोसिस प्लेग’, चमेरोबाट ‘इबोला’, बाख्रा–गाईबाट ‘ग्रुचेलोसिस टिभि’, मुसाबाट ‘हान्टाभाइरस’, परेवाबाट ‘क्रिप्टोच्कोरिबिओसि’ सर्ने गरेको देखिएको छ ।

चिकित्सकहरुका अनुसार, कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पुर्याउछ। भाइर संक्रमणपछि ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या पैदा हुन्छ । त्यसका साथै निमोनिया तथा मृगौला फेल समेत हुन्छ । भाइरस संक्रमित व्यक्तिले हाछ्यू गर्दा वा खोक्दा, थुक वा खकारमार्फत उक्त भाइरस अर्को व्यक्तिमा फैलिन सक्छ ।


क्याटेगोरी : अन्य, समाचार, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ