२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा अस्पताल तोडफोड प्रयास, चिकित्सक भन्छन्, `यस्तो केस अहिलेसम्म देखेकै थिइनँ ।´

विराटनगरमा अस्पताल तोडफोड प्रयास, चिकित्सक भन्छन्, `यस्तो केस अहिलेसम्म देखेकै थिइनँ ।´


विराटनगर- विराट नर्सिङ होममा एक जना विरामीको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल शनिबार दिनभर तनाबग्रस्त बनेको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी ३८ वर्षीय चेलीमाया भनिने प्रीति कोइरालाको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् ।

पाठेघरमा समस्या भएपछि कोइराला विराट नर्सिङ होम आएकी थिइन् । कोइरालाकोे पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । शल्यकृया अस्पतालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीको टोलीले गरेको थियो । आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाएपनि अस्पताल प्रशासनले भने कुनै पनि लापरवाही नभएको जनाएको छ ।

विरामीको मृत्यु भएपछि विराटनगरको मुनालपथस्थित अस्पताल क्षेत्र अगाडि टायर बालेर सडक अबरोध गर्न खोज्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले महिलाको मृत्यु भएको घटनामा आफन्तजन आक्रोशित भएर अस्पतालमा सामान्य तोडफोड गरेको बताए ।

डा. कार्कीले आफूहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरेको हेल्थआवाजसँग बताए । आफूहरुको कुनै गल्ती नरहेको उनको दाबी थियो ।

चिकित्सक भन्छन्, ‘यस्तो केस अहिलेसम्म देखेकै थिइनँ !’

केही वर्षअघि प्रीतिको धरानमा पित्त थैलीको शल्यक्रिया भएको थियो । त्यही क्रममा उनको आन्द्रामा प्वाल परेको भनिएको थियो। त्यसपछि अर्को बच्चा पाउने रुची राखिन् र तीन दिनअघि विराट नर्सिङ होममा आफ्नो अवस्था चेक गर्न पुगिन् । चिकित्सकहरुले उनको पाठेघर र डिम्ब नलीको परिक्षण गरे । सबै ठीक देखियो ।

`हामीले त्यसपछि बच्चा जन्माउन कुनै समस्या नभएको सल्लाह उहाँहरुलाई दियौं,’ डा. कार्की भन्छन्, ‘त्यसपछि अचानक भवितब्य भयो, डाइग्नोष्टिक गरेका थियौं । अल्ष्टा साउण्ड आदि परिक्षण गरेर हेरेका थियौं, सबै कुरा ठिक थियो ।’

भोलिपल्ट इन्फेक्सन भएजस्तो लाग्यो । त्यसपछि एक्सरे गरियो, अन्य जाँच पड्ताल, सिटी स्क्यान गरियो । इन्फेक्सन एकदमै चाडो फैलिन थाल्यो । ‘उनलाई सेप्टिक सक भयो, हजारौं लाखौं विरामीमध्ये कोही कोहीमा यस्तो देखिन्छ,’ डा. कार्की थप्छन्, ‘२५ वर्षको करिअरमा पहिलो पटक मैले यस्तो केस देखेका हो । नर्मल महिला साधारण डाइग्नोष्टिकका लागि आएकी हुन् । एक्कासी अनौठो अनौठो घटना घट्यो ।’

उनलाई सेप्टिक सक भयो, हजारौं लाखौं विरामीमध्ये कोही कोहीमा यस्तो देखिन्छ । २५ वर्षको करिअरमा पहिलो पटक मैले यस्तो केस देखेका हो । नर्मल महिला साधारण डाइग्नोष्टिकका लागि आएकी हुन् । एक्कासी अनौठो अनौठो घटना घट्यो ।’ -डा. ज्ञानेन्द्रमान सिंह कार्की

सेप्टिसेमिया भएर त्यो एकदमै चाडो फैलिएको बताउँदै उनले थपे, ‘यति चाडो फैलियो मुटु फेल, जण्डिस, निमोनिया सबै एकै पटक देखियो । यस्तो लाखौमा हुन्छ । यति द्रुत गतिमा फैलिएको मैले कहिल्यै देखेको थिइन।’

उनले आफूहरुले प्रीतिलाई बचाउन अन्तिमसम्म प्रयास गरेको बताए । ‘अस्तिदेखि हामी निरन्तर लाग्यौं, तर जति लाग्दा पनि सफल हुन सकेनौं,’ उनले अगाडि भने, ‘हामी पनि पढेर डाक्टर भएका हौं, हामीमा परमात्माको जस्तो शक्ति छैन ।’

विरामी मर्ने बितिकै उनले अस्पतालमा हुलइज्जत र तोडफोड भएकोमा असन्तुष्टि पोखे । नर्सिङ होममा विवाद देखिएपछि विरामीका आफन्त र अस्पताल प्रशासनबिच वार्ता सुरु भयो । जसमा विरामी पक्षले क्षतिपूर्ति भन्दैं बार्गेनिङ गरेको उनको दाबी छ ।

‘मैले बिरामी विश्वास गरेर हामी कहाँ आउछ, उपचार गर्छो त्यही क्रममा मृत्यु हुन्छ । त्यही बिरामीको विश्वासलाई पनि न्याय हुन पर्यो भन्ने कुरा राखे,’ उनले आफूले बिना गल्ती क्षतिपूर्ति इन्कार गरेको दाबी गर्दै थपे, ‘लाशलाई पोष्टमार्टम गर्नुस् । हामी डाक्टरबाट गल्ती भएको छ भने कठघरामा उभ्याएर सजाय दिनुहोस् । अदालतमा केस फाइल गर्नुहोस भने ।’

त्यसपछि मोरङ जिल्ला प्रशासन कार्यलयमा सिडीओसहित छलफल भएपछि त्यहाँ पनि अस्पतालले पोष्टमार्टमको आग्रह गरेको छ । पोष्टमार्टमपछि आयोग गठन गरिदिनुहोस भनेको पनि उनले बताए ।

विराट नर्सिङ होम मात्रै होइन, पछिल्लो समय अस्पतालमा उपचारका क्रममा विरामीको मृत्युपछि तनावग्रस्त हुने क्रम बढ्दो छ । यसअघि हेटौडा,सिन्धुली,लहान, कपिलबस्तु, डडेल्धुरा, काठमाडौं लगायतका अस्प्तालमा पनि विरामीको मृत्युपछि अस्पतालमा तोफतोड र डाक्टरमाथि हातपातको प्रयास भएको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ