२०८१ कात्तिक ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीमा नेपालीलाईभन्दा विदेशीलाई प्राथमिकता, चिकित्सकहरु भोलि मन्त्रालय घेर्ने

विपीमा नेपालीलाईभन्दा विदेशीलाई प्राथमिकता, चिकित्सकहरु भोलि मन्त्रालय घेर्ने


काठमाडौं–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थीलाई चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रम (एमडी)मा भर्ना लिने तयारी गरेपछि चिकित्सकहरु आन्दोलित हुने भएका छन् । सरोकारवाला चिकित्सकहरुले स्वतस्फूर्त रुपमा सोमबार विहान ११ बजे स्वास्थ्य मन्त्रालय घेर्न भएका हुन् ।

उनीहरु विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीमा आर्थिक प्रलोभनमा परेर नेपाली विद्यार्थीलाई बाइपास गरेर विदेशी विद्यार्थीहरु ऐन विपरित भर्ना गर्न लागेको भन्दैं मन्त्रालय घेर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालय घेराउ कार्यक्रमको अग्रसरता सरकारी चिकित्सक संघ, गैर सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघलगायतका  संगठनहरुले लिदैछन् ।

यसअघि, ७ असारमा विपीले एमडीमा नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । जसमा नेपालीभन्दा बढी सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । चिकित्सा शिक्षा ऐनअनुसार एक तिहाइमात्रै विदेशी विद्यार्थी भर्ना लिन पाउने प्रावधान छ । साथै, प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पु¥याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट गरिएको छ ।

दुवै प्रावधानलाई लत्याउँदैं प्रतिष्ठानका पदाधिकारीले आर्थिक प्रलोभनमा परेर विदेशी विद्यार्थीलाई प्राथमिकतामा राखेर भर्ना लिने निर्णय भएको भन्दैं सरोकारवालाहरुले विरोध जनाएका छन् । प्रतिष्ठानको उक्त कदमप्रति आपत्ति जनाउँदैं निर्णय सच्चाउन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर वेलफेयर सोसाइटीले पनि ७२ घण्टे अल्टिमेटम दिइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ