२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानले भर्नामा गम्भीर गल्ती गरेको भन्दैं चिकित्सकहरु स्वास्थ्यमन्त्री कहाँ

विपी प्रतिष्ठानले भर्नामा गम्भीर गल्ती गरेको भन्दैं चिकित्सकहरु स्वास्थ्यमन्त्री कहाँ


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थीलाई प्राथमिकता दिएर भर्ना लिने तयारी गरेपछि चिकित्सकहरुले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटेर ध्यानाकर्षण गराएका छन् । सोमबार विहान मन्त्रालय पुगेका चिकित्सकहरुले विपीका पदाधिकारीहरुले प्रतिष्ठानलाई कमाउने भाडोका रूपमा प्रयोग गर्न खोजेको भन्दैं गल्ती सच्चाउन आग्रह गरेका छन् ।

सरकारी चिकित्सक संघ (गोदान), युवा चिकित्सक संघलगायत चिकित्सकका संघसंस्था र सरोकारवालाहरुले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सोही क्रममा गोदान र युवा चिकित्सक संघले मन्त्री यादवलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र नै बुझाएका छन् । जसमा विपीका पदाधिकारीहरुले देशभित्रका विद्यार्थीहरुलाई निरुत्साहित गर्दै विदेशी विद्यार्थीलाई प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै यादवले आफूहरुले धरानलाई पत्राचार गर्ने आश्वासन दिएका थिए । उनले आफूले यसका बारेमा बुझ्ने पनि बताएका थिए । यसअघि, धरानस्थित प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले पनि विदेशी विद्यार्थीलाई पोस्ने गरी अगाडि बढाइएको उक्त भर्ना प्रक्रियाको निर्णयलाई ७२ घण्टाभित्र सच्चाउन अल्टिमेटम दिएका थिए ।

प्रतिष्ठानले नेपाली विद्यार्थीभन्दा विदेशी विद्यार्थीलाई चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रम (एमडी)मा भर्ना लिने तयारी गरेको छ । ७ असारमा विपीले एमडीमा नयाँ भर्नाका लागि सूचना प्रकाशित गरेको थियो । जसमा नेपालीभन्दा बढी सिट विदेशी विद्यार्थीका लागि छुट्याइएको छ । चिकित्सा शिक्षा ऐनअनुसार एक तिहाइमात्रै विदेशी विद्यार्थी भर्ना लिन पाउने प्रावधान छ । साथै, प्रतिष्ठानको नियमावलीमा (दफा ५, क) समेत नेपाली चिकित्सा जगतलाई योगदान पु¥याउने, दक्ष जनशक्ति तयार पार्ने अठोट गरिएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ