२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् नर्सलाई सबैभन्दा बढी तलब दिने १० देश

यी हुन् नर्सलाई सबैभन्दा बढी तलब दिने १० देश


स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई निकै सम्मानित पेशा मानिन्छ । नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् । तर, विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पेशाभन्दा नर्सहरुलाई निकै बढी सुविधा र तलब दिने गरेको पनि पाइन्छ ।

१. लक्जमवर्ग
विश्वमा कामदारको निकै राम्रो पारिश्रमिक हुने देशहरुमध्ये पहिलो नम्बरमा लक्जमवर्ग रहेको छ । यो देशमा अन्य पेशासँगै नर्सहरुको वार्षिक औसत कमाइ पनि निकै आकर्षक रहेको छ । उनीहरुको तलब वार्षिक १ लाख ५ हजार ७ सय ४९ अमेरिकी डलर रहेको छ । जुनियर नर्सहरुले समेत सुरुवातमा नै वार्षिक औषत ६० हजार डलर कमाउँछन् ।

२. आइसल्याण्ड
नर्सको राम्रो कमाइ हुने देशहरुमध्ये आइसल्याण्ड दोस्रो स्थानमा रहेको छ । यहाँको सरकारले स्वास्थ्य क्षेत्रको विकासमा लागि निकै जोड दिएको छ । यहाँ नर्सहरुले वार्षिक औसत ८७ हजार ६ सय ३५ अमेरिकी डलर कमाउँछन् ।

३. अमेरिका
विश्वका उत्कृष्ट व्यक्तिहरुलाई आकर्षित गरिरहेको अमेरिकाले डाक्टर र नर्सहरुलाई निकै राम्रो सेवा सुविधा र पारिश्रमिक दिइरहेको छ । अमेरिकामा नर्सले वार्षिक ७४ हजार २ सय ५० अमेरिकी डलर कमाउँछन् ।

४. अष्ट्रेलिया
नर्सहरुका लागि अर्को आकर्षक गन्तव्य अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा नर्सहरुको वार्षिक औसत ७२ हजार २ सय ७१ अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।

५. नर्वे
गुणस्तरीय सेवा दिन सफल नर्वेमा प्रायः सबै कामदारले आकर्षक पारिश्रमिक पाउँछन् । यहाँ नर्सको औसत वार्षिक तलब ६६ हजार ६ सय ४७ अमेरिकी डलर रहेको छ । उनीहरुले विशेष सीपका आधारमा यो भन्दा धेरै पनि कमाउन गर्छन् ।

६. इजरायल
इजरायलमा कामदारको पारिश्रमिक त्यति राम्रो नमानिए पनि स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिलाई भने यहाँ निकै आकर्षक पारिश्रमिक प्रदान गरिन्छ । यहाँ नर्सहरुले वार्षिक औसत कमाइ ६३ हजार ५ सय ४१ अमेरिकी डलर रहेको छ ।

७. नेदरल्याण्ड्स
युरोपेली देशहरुमध्ये नेदरल्याण्ड्स एक हो । जहाँ स्वास्थ्यकर्मीले निकै आकर्षक पारिश्रमिक पाउँछन् । यहाँ नर्सहरुले वार्षिक औसत ६० हजार २ सय ५३ अमेरिकी डलर कमाउँछन् । यहाँ अस्पताल अनुसार नर्सहरुलाई अंग्रेजी, डच र स्थानीय भाषाको ज्ञान हुनु थप राम्रो मानिन्छ ।

८. स्वीटरजरल्याण्ड
दर्तावाला नर्सहरुको यहाँ वार्षिक पारिश्रमिक औषत ५८ हजार ४१ अमेरिकी डलर पाउँछन् । नर्सहरुमा पेशागत सीपसँगै अस्पतालअनुसार जर्मन, फ्रेन्च वा इटालियन भाषाको समेत ज्ञान हुन आवश्यक छ ।

९.रिपब्लिक अफ आयरल्याण्ड
आयरल्याण्डमा सरकारी स्रोतमा सञ्चालित अस्पतालमा कार्यरत नर्सहरुको वार्षिक पारिश्रमिक औसत ५७ हजार ६ सय ६३ अमेरिकी डलर रहेको छ । केहि प्राइभेट सेक्टरमा योभन्दा बढी समेत रहेको छ ।

१०. न्युजिल्याण्ड
नर्स र डाक्टरहरुका लागि न्युजिल्याण्ड पनि निकै राम्रो गन्तव्य मानिन्छ । यहाँ नर्सले वार्षिक औसत ५६ हजार ३ सय १८ अमेरिकी डलर कमाउँछन् ।

(एजेन्सीहरूको सहयोगमा तयार पारिएको माथिको सामाग्री अर्गनाइजेसन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओइसिडी) सन् २०१७ को रिपोर्टमा आधारित छ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ