२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमानवीय शरीरसँग जोडिएका केहि रोचक तथ्य

मानवीय शरीरसँग जोडिएका केहि रोचक तथ्य


मानवीय शरीर आफैंमा एक सुन्दर, रोचक तथा रहस्मय मेशिन हो । हामी यसै शरीरको सहयताका माध्यमबाट आफ्नो जीवनयापन गरिरहेका छौ । कहिलेकाहिँ हामी आफूलाई रोचक लागेका कुराहरु पनि सजिलै बिर्सिन्छौ । शरीर आफ्नै भएता पनि यसमा सम्झिनै पर्ने त्यस्ता अनेकौं रोचक तथ्यहरु रहेका छन् जसबारे अधिकांश व्यक्तिहरु अन्जान नै रहेका छन् ।

मानवीय शरीरका केहि रोचक तथा अनौठा प्रसङ्ग

रातीको तुलनामा बिहान बढ्छ व्यक्तिको उचाई

तपाईले कहिल्यै आफ्नो उचाई बिहानपख नाप्ने गर्नु भएको छ? तपाईको उचाई तुलनात्मक रुपमा रातको समयमा भन्दा बिहानपख बढि हुन्छ । गुरुत्वकार्षणका कारण शरीरका कुरकुरे हाड दिनमा खुम्चिने(संकुचित) भएकाले व्यक्तिको उचाई रातको समयमा तुलनात्मक रुपमा खुम्चने गर्दछ ।

एक दिनमा मुटु १ लाख पटक धड्कन्छ

प्रतिमिनेटमा आधारित रहेर भन्नुपर्दा, मानवीय मुटुको धड्कन प्रतिदिन १ लाख पटक धड्कन्छ । यसबीचमा यसले २ हजार ग्यालोन रगत शरीरमा प्रदान गर्दछ ।

सबैभन्दा बढि रक्त प्रवाह व्यक्तिको मिर्गाैलामा हुन्छ

मिर्गाैला शरीरको प्राकृतिक फिल्टर भएकाले मुटु, कलेजो र मस्तिष्कको तुलनामा मिर्गाैलामा सबैभन्दा बढि रक्त प्रवाह हुने गर्दछ। एक मानवीय शरीरले प्रतिवर्ष दुई बाथटब बराबरको ¥याल उत्पादन गर्दछ ।

स्वस्थ फोक्सोको गुलाबी रङ

स्वस्थ फोक्सो गुलाबी र थोरै रबरी रंगको देखिन्छ । तर, धुम्रपान तथा धुवाँजन्य पदार्थ सेवनका कारण यसको रंगमा परिवर्तन देखा परी यो एक कालो रंगमा परिणत हुन्छ । यसका साथै यसको प्रयोगले फोक्सोमा गम्भीर समस्या निम्त्याउँछ ।

ब्ल्याक एन्ड ह्वाइट सपना(श्यामश्वेत)

संसारका १२ प्रतिशत व्यक्तिहरु ब्ल्याक एन्ड ह्वाइट सपना देख्छन् । तर, अजीब के छ भने रंगीन टिभी आउनु ब्ल्याक एन्ड ह्वाइटमै सपना देख्ने व्यक्ति संख्या १५ प्रतिशत रहेको थियो । अधिकांश व्यक्तिहरु रंगीन सपना नै देख्ने भएता पनि अचम्मको कुरा के हो भने मिडियाले पनि व्यक्तिको सपनामा प्रभाव पारेको देखिन्छ ।

६० हजार लामो रक्तबाहिनी

मानवीय शरीरमा पाइने रक्तबाहिनी पातलो भएता पनि यसको लम्बाई भने अप्रत्याशित हुन्छ । सुन्दा पनि अचम्म लाग्ने यसको लम्बाई ६० हजारभन्दा बढि लामो हुन्छ ।

वयस्क व्यक्तिमा २ देखि ४ हजारसम्म स्वाद कणहरु रहेका हुन्छन्

ती स्वाद कणहरु जिब्रोमा मात्र नभई घाँटीको पछिल्ला भाग, अन्नप्रणाली र नाकमा समेत रहेको हुन्छ । हो, नाकले सुँघ्ने मात्र होइन स्वाद पनि थाहा पाउने गर्छ । र, स्वाद थाहा पाउनको निम्ति यो अत्यन्त आवश्यक पनि पर्दछ । त्यसैले रुघा लागेको समयमा हामीले खानाको स्वाद त्यति थहा पाउन सक्दैनौ ।

६ सयभन्दा बढि मांसपेशीले बनेको शरीर

शरीरको सबैभन्दा बलियो मांसपेशी च्यापुमा अवस्थित रहेको हुन्छ । यस्तै सबैभन्दा संवेदनशिल मस्टापेडिएस मांसपेशी भने कानको मध्य भागमा रहेको हुन्छ ।

समयक्रमसंगै घट्दै जान्छ व्यक्तिको स्मरण शक्ति

बढ्दो उमेरसँगै व्यक्तिको लामो समयसम्म अडिरहने स्मरण शक्तिमा प्रभाव पर्न थाल्छ । मस्तिष्कमा आउने कुराहरु यसले पुर्ण रुपमा फिल्टर गर्न नसक्ने र पुराना यादहरु हटाउन नसक्ने भएकाले यसैको कारण आउने नयाँ उपायहरुमा समेत यसको प्रभाव पर्न जान्छ ।

छालामा हुने गर्छ हजार प्रकारका ब्याक्टेरिया

व्यक्तिको छाला, ब्याक्टेरिया विरुद्ध लड्न सक्षम भएता पनि छाला आफै विभिन्न किसिमका हजार ब्याक्टेरिया बोक्ने तत्व हो । त्यसैले पनि छालाको लेयर निरन्तर परिवर्तन भइरहन्छ । यो प्रकृया प्रत्येक २८ दिनमा दोहोरी रहन्छ ।

लामो हाड थाईको सबैभन्दा बढि मजबुत 

सबैभन्दा सानो हड्डी कानमा अवस्थित अब्स्ट्रिकहरुमध्ये एक हो । यस्तै सम्पुर्ण शरीरमा हुने एक चौथाई हाड व्यक्तिको खुट्टामा मात्रै रहेको हुन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ