२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यलगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर

लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर


लन्डन- युकेका एनएचएसमा कार्यरत चिकित्सकले लगातार २४ घन्टा काम गरी बिरामीको ज्यान जोखिममा पारेका कारण आफ्नो जागिरबाट हात धुनु परेको छ । ४७ वर्षीय डा. बेभन हेडरले लगातार १२ घण्टाको अन्तरमा ५ वटा केशहरु हेरेका कारण आफ्नो जागिर गुमाएका हुन् ।

उनलाई यसरी बिना आरामलगातार काम गरिरहँदा यसबाट बिरामीको स्वास्थ्य जोखिममा परेको भन्दै जागिरबाट रिहा गरिएको हो ।

अदालतका अनुसार, यो चिकित्सक नियम कानुनभन्दाबाहिर रहेको काम हो । उनको यस किसिमको हर्कतबाट उपचारार्थ बिरामीहरुको ज्यान जोखिममा परेकोले उनलाई ४ महिनाका लागि पदमुक्त गरिएको हो ।

४ महिना पश्चात् भने उनले आफ्नो कार्यलाई फेरि निरन्तरता दिन सक्नेछन् । डा. बेभन हेडरले भने  आफ्नो तलबबाहेक अतिरिक्त रकम प्राप्त गर्ने ध्येले उक्त काम गरेको स्वीकारेका छन् ।

त्यहाँकाे अदालतले उनलाई आफ्नो कार्यप्रति बेइमानी गरी बिरामीहरुको ज्यान जोखिममा पारेको आरोप लगाएको छ । युकेबाहेक अन्य देशहरुमा डाक्टरको यस किसिमको ओभर ड्युटी सम्बन्धी भने खासै नियम कानुन बनेको देखिदैन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ