२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सकले सर्वाधिक पारिश्रमिक पाउने १० देशहरू

चिकित्सकले सर्वाधिक पारिश्रमिक पाउने १० देशहरू


स्वास्थ्यकर्मीहरुलाई विश्वका विभिन्न मुलुकले निकै धेरै पारिश्रमिक दिन्छन्  ।  चिकित्सा पेशा संसारमा प्रतिष्ठित पेशाका रूपमा लिइन्छ । त्यसैले संसारका धेरै देशले चिकित्सकलाई कुस्त तलब दिन्छन् । । त्यसमा पनि डाक्टर विशेषको आम्दानीको आँकडा हेर्ने हो भने सबैलाई डाहा हुन सक्छ । तर, डाक्टर बन्नका लागि आवश्यक लगन र त्याग सबैमा पाइदैंन ।

१. लक्जमवर्ग
बैंकर र एकान्टेन्टलाई जस्तै लक्जमवर्गले स्वास्थ्यकर्मीहरुलाई पनि आकर्षक पारिश्रमिक दिइरहेको छ । यहाँ चिकित्सकहरुले वार्षिक सरदर ३ लाख ५७ हजार ३ सय ३६ डलर कमाउँछन् । तर, यहाँको न्युन आवादीका कारण काम पाउन भने धेरै नै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यहाँको जनसंख्या ६ लाखको हाराहारीमा मात्र छ ।

२. स्वीजरल्याण्ड
सबै पेशाका मानिसहरुलाई आकर्षक पारिश्रमिक दिने स्वीजरल्याण्डले मेडिकल क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यहाँ जीपीले २ लाख ३७ हजार १ सय ६ तथा विशेषज्ञले वार्षिक सरदर २ लाख ५८ हजार डलर कमाउँछन् ।

३. अमेरिका
अमेरिकामा जीपीले वार्षिक सरदर २ लाख ८ हजार ५ सय ६० डलरसम्म पारिश्रमिक पाउँछन् । यहाँका विशेषज्ञहरुको पारिश्रमिकको एकिन तथ्यांक नभएपनि उनीहरुले अवश्य पनि जीपीले भन्दा धेरै कमाउँछन् ।

४. आइसल्याण्ड
विश्वमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने दावी गर्ने आइसल्याण्डको स्वास्थ्य सेवा प्रणाली वास्तवमै डाहा लाग्दो छ । यहाँ जीपीले वार्षिक सरदर १ लाख ८१ हजार ९ सय ८१ तथा विशेषज्ञ डाक्टरले वार्षिक सरदर २ हजार २ हजार ३४ डलरसम्म आम्दानी गर्छन् ।

५.रिपब्लिक अफ आयरल्याण्ड
आयरल्याण्डका अधिकांश स्वास्थ्य संस्थाहरु सरकारी लगानीमा सञ्चालित भएको पाइन्छ । पछिल्लो समय यस क्षेत्रमा नीजि क्षेत्रको लगानी समेत बढ्दो छ । यहाँ विशेषज्ञ डाक्टरहरुले वार्षिक सरदर १लाख ८६ हजार ८ सय ६३ डलर कमाउँछन् ।

६. बेलायत
युरोपेली युनियनबाट बोलायतको बहिर्गमन (ब्रेक्जीट)को अनिश्चितता, स्वास्थ्य क्षेत्रलाई नीजिकरण गर्ने बारम्बारको प्रयासजस्ता कुराहरुका बाबजुद बेलायतले डाक्टरहरुलाई स्तरीय पारिश्रमिक दिंदै आएको छ । यहाँका जीपीले वार्षिक सरदर ८५ हजार २ सय ५० तथा विशेषज्ञ डाक्टरहरुले वार्षिक सरदर १ लाख ७४ हजार ६८ पारिश्रमिक पाउने तथ्यांकहरुले देखाएका छन् ।

७. नेदरल्याण्डस
युरो हेल्थ कन्ज्युमर इन्डेक्स (इएचसीआर्ई)का अनुसार युरोपमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने देशहरुमध्ये नेदरल्याण्डस अग्रस्थानमा छ । त्यसैले पनि यहाँ स्वास्थ्यकर्मीहरुलाई निकै राम्रो पारिश्रमिक दिइन्छ । यहाँ जीपीले वार्षिक सरदर १ लाख १२ हजार ५ सय ३० तथा विशेषज्ञ डाक्टरले १ लाख ७१ हजार ९ सय २८ डलर पारिश्रमिक पाउँछन् ।

८. जर्मनी
युरोपको शक्तिकेन्द्र मानिने जर्मनीले कामदारलाई आकर्षक पारिश्रमिक दिने गरेको पाइन्छ । यसमा पक्कै पनि डाक्टरहरु अपवाद हुने कुरा आउँदैन । यहाँ विशेषज्ञ डाक्टरलाई वार्षिक सरदर १ लाख ४९ हजार ९ सय ९० डलर पारिश्रमिक दिइन्छ ।

९. इजरायल
इजरायलले स्वास्थ्य क्षेत्रमा गरेको प्रगति धेरैका लागी आश्चर्यको विषय हुनसक्छ । तर, इजरायलले पछिल्लो समय स्वास्थ्यलगायतका अन्य सार्वजनिक सेवाको विषयलाई प्राथमिकता दिएको देखिन्छ । उहाँ जीपीलाई वार्षिक सरदर ७४ हजार ९ सय २० डलर तथा विशेषज्ञ डाक्टरहरुलाई १ लाख ४७ हजार ४ सय २१ सम्म पारिश्रमिक दिने गरेको पाइन्छ ।

१०. न्युजिल्याण्ड
न्युजिल्याण्डमा जीपीको कमाइको कुनै खास तथ्यांक पाइदैंन् । तर, यहाँ विशेषज्ञ डाक्टरहरुले भने वार्षिक सरदर १ लाख ३८ हजार २ सय ६१ डलरसम्म पारिश्रमिक पाउने गरेका छन् ।

एजेन्सीहरूको सहयोगमा तयार पारिएको यो सामाग्री अर्गनाइजेसन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओइसिडी)को सन् २०१७ को रिपोर्टमा आधारित छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ