२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-संकट : भारतमा गुजरात किन बन्दैछ मृत्युदरको मुख्य केन्द्र विन्दु ?

कोभिड-संकट : भारतमा गुजरात किन बन्दैछ मृत्युदरको मुख्य केन्द्र विन्दु ?


गत मे २० गते प्रविन बानुलाई श्वासप्रश्वासमा सामान्य समस्या देखिएपछि उनका छोराले उनलाई नजिकैको अस्पताल पु¥याए ।  छिमेकमा भर्खरै संक्रमणको पुष्टि भएको खबर र ५४ वर्षीया बानु स्वयम् आफै मधुमेह तथा मुटु बिरामी पनि भएकोले उनकी छोरा पाठन चिन्तित देखिन्थे ।

त्यसबाहेकका पछिल्लो ३० घण्टा निकै नै कष्टकर रहेको बताउँदै पठान भन्छन्, ‘हामी २ निजि र १ सरकारी अस्पतालमा समेत गयौं । तर, त्यहाँ कुनै पनि अस्पतालमा बेड खाली थिएन ।’  पाठनले आफ्नी आमा बानुलाई घर नै फर्काएर ल्याए । उनी आमाले अमेदाबाद सिभिल अस्पतालजस्ता ठूला अस्पतालमा समेत आवश्यक उपचार गर्न नपाएकोमा निकै चिन्तित थिए । तर, पछि अक्सिजनको अत्यन्तै कमी भएपछि उनलाई पुनः अस्पताल लगियो । र, त्यहाँ नै कोभिड–१९ परीक्षणका लागि चिकित्सकद्धारा उनको स्वाब संकलन समेत गरियो ।
स्वाब संकलन गरिएको केहि घन्टामै  उनको मृत्यु भयो । मृत्यु भएको पछिल्लो दिन आएको उनको रिपोर्टमा कोरोना पोजिटिभ देखियो ।

बीबीसीको कुनै पनि प्रश्नको प्रतिक्रिया दिन तयार नभएका उनी अस्पताललाई दोष लगाउदै भन्छन्, ‘अघिल्लो रात नै भर्ना लिइएको भए आज मेरो आमा हाम्रो साथमै हुन्थिन् ।’

अमेदाबाद सिभिल अस्पताल यसअघि पनि विभिन्न किसिमका विवादहरुमा मुछिदै आएको छ । कानुनी रुप लिएको यस केससम्बन्धि अदालतले अस्पताललाई जवाफ समेत मागेको छ । यस घटनाप्रति अदालतले सरकार आफै स्वयम् कमजोर देखिएको बताएको छ ।

गुजरातमा किन बढ्दैछ मृत्युदर?

गुजरातको पश्चिमी भागमा रहेको ठूलो शहर अमेदबादमा मात्रै ७० लाख व्यक्तिहरु बसोबास गर्छन् । र, यसै शहर कोरोना संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित हुने स्थानको अग्रपक्तिंमा रहेको छ । संक्रमणका कारण भारतमा मृत्यु भएका कुल संक्रमित मध्ये ७५ प्रतिशत मृत्युदर यहि शहरमा देखिएको छ ।

गुजरात मात्रै २१ हजार ५ सयभन्दा बढी केसहरु देखिएको छ । जसकारण  विश्वमा कोभिड–१९ बाट अत्यन्त प्रभावित हुने देशमध्ये भारत हाल चौथो स्थानमा पुगेको छ । तर, कोभिड-१९ संक्रमितको अनुपातमा यहाँ मृत्युदर भने ६.२ प्रतिशत रहेको छ । यो दर राष्ट्रिय औसतमा रहेको २.८ प्रतिशत भन्दा दोब्बर नै रहेको देखिन्छ ।

गुजराती अदालतले अमेदाबाद अस्पतालमा धेरै मृत्युको केस देखिनुको कारण त्यहाँ पुगेका ८० प्रतिशतभन्दा बढि संक्रमित पहिलेदेखि नै अन्य रोगको शिकार रहेको अकिंत गरेको छ । जसकारण बिरामीको अवस्था झनै गम्भीर अवस्थामा पुगेको थियो ।  तर, जनस्वास्थ्य विज्ञहरुले भने एकै कारणलाई मात्र औल्याउन मुस्किल रहेको बताएका छन् ।

तुलनात्मक रुपमा तमिल नाडुमा मधुमेहका बिरामी संख्या उच्च रहेता पनि त्यहाँ मृत्युदर भने न्युन देखिएको छ । तसर्थ, अन्य रोगको संक्रमणका कारण मृत्यु भएका भन्नेहरुलाई यस हविगतले  भने हैरान पारेको छ । भारतका मुख्यमन्त्री विजय रुपनीले भने यसको पछाडिको मुख्य कारण बाह्य क्षेत्रबाट भित्रिएका यात्रुहरुलाई मानेका छन् । तर, यसैलाई आधार मान्ने हो भने पनि सबैभन्दा बढि आगन्तुक भित्रिएका तमिल नाडुमा भने मृत्युदर त्यत्ति धेरै देखिएको छैन ।

कम परीक्षण दायरा, विश्वासको कमी र कमजोरी

ढिलो अस्पताल लैजानु नै मृत्युदरको मुख्य कारण भएको अमेदाबाद अस्पताल तथा नर्सिङ्ग होमका प्रमुख भरत गान्धवी बताउँछन् । अर्को व्यक्तिकै क्षमता पनि हुन सक्ने विज्ञहरुले बताएका छन् । यससँगै सरकारी अस्पतालमा रहेको उचित सुविधाको अभाव माथि पनि धेरैले प्रश्न उठाएका छन् ।

शरीरमा अन्य रोग भएका व्यक्तिहरु प्रारम्भिक लक्षण देखिएता पनि जाँचका निम्ति अस्पताल आउन डराउने भएकाले घरमै बसिराख्दा उनीहरुको स्वास्थ्य अवस्था झनै गम्भीर अवस्थामा पुग्ने गरेको केहि विज्ञहरुको धारणा रहेको छ ।

त्यसबाहेक संक्रमितको संख्या धेरै देखिनु पछाडि बिक्रेताहरु रहन सक्ने अनुमान गर्दै त्यहाँका सरकारले प्रत्येक तरकारी तथा फलफूल पसलका व्यापारीहरुको परीक्षण गराएका थिए । तर, जनस्वास्थ्य विज्ञहरुले भने शहरका प्रत्येक कुनामा परीक्षण हुन नसकेको र अझ विशेषगरी पुरानो शहरहरुमा परीक्षणको संख्या अत्यन्त कम भएको दाबी गरेका छन् ।

‘यस महामारीलाई नियन्त्रण लिन भारत सरकार जति चनाखो हुनुपर्ने हो त्यति भएको देखिदैन । अझ भन्ने हो भने यो समस्या ठूला शहरहरुमा बढि देखिएको अर्थशास्त्री कात्र्तिकेया बताउँछन् । अमेदाबादका १०-११ शहरमा अत्यन्त ठुलो जनसंख्या रहेको उनले बताए।
अन्य शहरबाट टाढा रहेका उक्त शहरमा सम्बन्धित निकाय तथा अधिकारीहरुले समेत परीक्षणका लागि कुनै पनि किसिमको पहल नगरेको उनको आरोप छ ।

यस्तै, त्यहाँका व्यक्तिलाई शारीरिक र सामाजिक दूरी कायम राख्न नै मुस्किल पर्ने बताउँदै समाजशास्त्री गौरङ्ग जनी भन्छन् ‘अझ त्यहाँका मानिसहरु बाहिर नै भाँडा तथा कपडाहरु सुकाउने गर्छन् ।’

यता, अब्जबर रिसर्च फाउन्डेशनल आफ्नो विश्लेषणद्धारा यी क्षेत्रमा संक्रमण व्याप्त देखिनु पछाडिको कारण शारीरिक कमजोरी, जनचेतनाको अभाव र समयमै अस्पताल पुग्न नसकनुलाई मानेका छन् ।

विचल्लीमा परेको शहर

भाइरस संक्रमणबाट बचेका व्यक्तिहरु यस महामारी धान्नको निम्ति शहरका अस्पतालहरु सक्षम नभएको आरोप लगाउदै आएका छन् ।
अमेदाबाद सिभिल अस्पतालमा १० दिन उपचार गरेकी ६७ वर्षीया लक्ष्मी पर्मर भन्छिन्, ‘घन्टौ कुरेपछि मात्रै बल्लबल्ल मैले बेड पाए ।’

‘सुरुका दिनहरुमा त यहाँ खाजाको व्यवस्था समेत थिएन । यसको लागि मैले सम्बन्धित निकायमा गुनासो समेत राख्नप¥यो । र, ४०–५० जना बिरामीले एकै शौच प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ’ ,उनले थपिन् ।

यस महामारीले राज्यको पूर्वाधार पर्दाफास गरेको विज्ञहरुको भनाई  छ । ‘अन्यथा कसैले पनि गुजरात अस्पतालको अवस्थाबारे थाहा पाउने थिएनन् । बल्ल अहिले भने चिकित्सक तथा औषधीहरुको कमीको तथ्य खुलस्त रुपमा बहिरिएको छ । लकडाउनको समयमा पनि बिरामीलाई छिट्टै भर्ना लिइरहेका देख्यौ’ ,प्रोफेसर भट्टले भने ।

गुजरातमा प्रत्येक १ हजारको अनुपातमा ०.३ प्रतिशत बेड मात्रै उपलब्ध छ । हालको तथ्यांक अनुसार यो राष्ट्रिय औसत संख्या ०.५५ भन्दा कम अनुपत हो ।  महामारीको फैलावटले अस्पतालमा झनै पिपिइ  तथा बेडको अभाव हुन थालेको छ । संक्रमितको संख्यामा तमिल नाडुलाई पछाडि पारेको गुजरातमा मृत्युदर पनि भयावह स्थितिमा देखिएको छ ।

यसै सन्दर्भमा बोल्दै भारतका स्वास्थ्यमन्त्री नितिन पटेलले बीबीसीलाई भने, ‘यसो हुनु पछाडि हामी आफ्नो ड्युटी गर्नमा फेल भएको भन्ने  भनाइ प्रति भने मेरो असहमति छ । हामीसँग हाल २३ हजार बेडहरु उपलब्ध छन् ।’ उनले थपे, ‘हाम्रा स्वास्थ्यकर्मीहरु पनि यसका नियन्त्रणका लागि आफ्नो सेवामा निरन्तर २४ सै घन्टा खटिरहनु भएको छ । र, नियन्त्रणमा सहयोग पुगोस् भन्ने धेयले हामीले पनि आवश्यक सामाग्रीहरु उपलब्ध गराइ रहेका छौ ।’

तर, पनि उनको नेतृत्वको उच्च आलोचना हुँदै आएको छ । गुजरातमा गत मार्च १९ मा पहिलोपटक केस देखा परेलगत्तै त्यहाँ लकडाउन जारी गरिएको थियो । आइसोलेसन तथा परीक्षण सुविधामा सरकार अझ लचिलो बन्न सक्ने बताउदै गाध्वी भन्छन्, ‘आशाजनक प्रतिक्रिया भने पाउन सकेनौ ।’

– बीबीसीद्धारा साभारित ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ