२०८३ वैशाख २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार

नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार


काठमाडौं–थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बाल रोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा सञ्चालन गरेको छ । अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनि सम्पूर्ण उपचार सेवा प्रदान गर्न बाल सघन उपचार कक्ष (पीआईसीयु)सहितको सेवा विस्तार गरेको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले बाल रोगको सम्पूर्ण उपचार सेवा एकै ठाउँबाट दिने गरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोग विशेष बाल रोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालरोग उपचार सेवा विस्तार गरेको जानकारी दिए । ‘नर्भिकले दक्ष तथा विज्ञ चिकित्सकमार्फत आकस्मिक तथा ओपीडी, बाल सर्जरी सेवा, नवजात तथा बाल सघन उपचार कक्षसहितको विशिष्टीकृत बाल उपचार सेवा विस्तार गरेको छ,’ मिश्रले भने।

बालबालिकासँग जोडिएका सबै प्रकारका उपचार सेवा नर्भिकबाटै उपलब्ध हुने गरी बाल रोग उपचार केन्द्रलाई विस्तार गरिएको सिईओ मिश्रले बताए । ‘हामी कहाँ नवजात शिशुहरुका लागि एनआईसीयुसहितको सेवा पहिलादेखि नै थियो । अब सबै उमेरका बालबालिकालाई सम्पूर्ण सेवा प्रदान गर्न अत्याधुनिक उपकरण र प्रविधि भएको पीआईसीयु सहितको सेवाहरु थप गरेका छौंं,’ मिश्रले भने, ‘बालबालिकाको उपचारका लागि हामीसँग दक्ष र विज्ञ विशेषज्ञ र तालिमप्राप्त नर्सिङ जनशक्ति सहितको पूर्ण बालरोग सेवा उपलब्ध छ ।’

नर्भिक अस्पतालमा सामान्य बालरोग सेवादेखि विशेषज्ञ चिकित्सकमार्फत पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, पेडियाट्रिक ¥युम्याटोलोजी, पेडियाट्रिक पल्मनोलोजी, पेडियाट्रिक न्युरोलोजी, पेडियाट्रिक हेमाटोलोजी, क्रिटिकल केयर, पेडियाट्रिक अर्थोपेडिक तथा पेडियाट्रिक सर्जरीलगायतका विशिष्टीकृत सेवा सञ्चालनमा छन्।

यी सेवा प्रदान गर्न अस्पतालमा बालरोग विशेषज्ञ तथा बालरोग बहुविशेषज्ञ चिकित्सक सहितको १३ जना चिकित्सक रहेकोमा नवजात शिशु विशेषज्ञसहित ७ जना चिकित्सक पनि थप गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ