२०८३ वैशाख ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र ७ एजेन्डा

नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र ७ एजेन्डा


काठमाडौं- नेपाल चिकित्सक संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीले आफ्नो उम्मेदवारीसँगै ३ प्रमुख प्रतिबद्धता र ७ बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर जारी गरिएको सन्देशमार्फत उनले पेशागत गरिमा, सुरक्षा र चिकित्सकहरूको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

डा. शाहीले संघको ऐतिहासिक गरिमा पुनःस्थापित गर्दै संस्थालाई विश्वसनीय र प्रभावशाली बनाउने पहिलो प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसैगरी, चिकित्सकहरूको समस्या र अन्यायविरुद्ध सशक्त आवाज बन्ने तथा योग्यताको आधारमा अवसर सुनिश्चित गर्ने प्रणालीका लागि लड्ने उनको दोस्रो र तेस्रो प्रतिबद्धता रहेको छ।

उम्मेदवार डा शाहीले चिकित्सकहरूको सुरक्षा र संस्थागत सुधारका लागि ७ वटा मुख्य एजेन्डा अघि सारेका छन्। तीमध्ये चिकित्सक ऐनको प्रभावकारी कार्यान्वयन, कानुनी सुरक्षा व्यवस्था, मेरिट प्रणालीको सुनिश्चितता प्रमुख छन्।

यसका साथै उनले अनलाइन मतदानसहित डिजिटल प्रणाली विकास, आवासीय चिकित्सक तथा मेडिकल अधिकृतको प्रतिनिधित्व, जिल्ला स्तरसम्म संगठन विस्तार तथा संस्थागत पारदर्शिता र जवाफदेहितामा जोड दिएका छन्।

उम्मेदवारी खारेजीदेखि पुनःस्थापनासम्मको संघर्षले आफूलाई अझ परिपक्व र निडर बनाएको उल्लेख गर्दै डा. शाहीले यो अभियान व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर चिकित्सकहरूको हकहितका लागि भएको बताएका छन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ