२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना संक्रमण : नयाँ भर्सनको भाइरस तीव्र रुपमा बढ्दै गएको अध्ययनको दावी

कोरोना संक्रमण : नयाँ भर्सनको भाइरस तीव्र रुपमा बढ्दै गएको अध्ययनको दावी


विश्वव्यापी रुपमा गरिएको भाइरस सम्बन्धिको एक अध्ययनले पछिल्लो क्रममा नयाँ भर्सनको भाइरस संक्रमण अत्यन्त तीव्र रुपमा फैलिदै गएको नयाँ तथ्य सार्वजनिक गरेको छ । नयाँ भर्सनको कोरोना भाइरस युरोप देखि युएसतर्फ तीव्र रुपमा गएको प्राप्त प्रमाणसहित अन्वेषकहरुले सो अध्ययन निस्कर्ष सार्वजनिक गरेको हो ।

अन्वेषकहरुले बिहिबार तयार पारेको रिपोर्ट अनुसार भाइरसको उक्त उत्परिवर्तनले मानिसमा छिटो संक्रमण देखा पर्ने केशहरु देखिन थालेका छन् । तथापि पहिले र अहिले संक्रमितको अवस्थामा कुनै पनि भिन्नता भने देखा परेको छैन ।

हाल तीव्र रुपमा भएको यसको प्रसारणका कारण ठूलो संख्यामा संक्रमितहरु फेला पर्ने क्रम जारी रहेको सीएनएनको अध्ययनमा संलग्न रहेका अन्वेषक एरिका सफायरले बताए । ‘हाल यो भाइरसको व्याप्तता रहेको छ, ‘उनले भने ।

जर्नल सेलमा प्रकाशित उक्त अध्ययन यसअघि सर्वेक्षकहरुले प्रि–प्रिन्टमा जारी गरेका थिए । त्यसपश्चात् भाइरसका केहि संस्करणहरुको अध्ययन गरिरहेका उनीहरुले औपचारिक रुपमा भने भाइरसको आनुवंशिक । संस्करण सकिएपश्चात् सार्वजनिक गरेको हो ।

सर्वेक्षणको उक्त समूहले हाल भाइरसको आनुवंशिक संस्करण मात्र नभई ती भाइरसको परिवर्तित स्वरुपहरु पशु तथा ल्याबमा परीक्षण गर्दै यो अन्य संस्करणभन्दा फरक हो वा होइन भन्ने विषयमा पनि सर्वेक्षण गरेको छ ।

‘यस नयाँ भाइरस फिल्टर छ भन्ने हामीले पत्ता लगाएका छौ । जसकारण पहिलेको तुलनामा यो त्यत्ति नराम्रो पनि रहेको छैन, ‘सफयरले भने । उक्त संरचना(म्युटेसन स्पाइक)ले भाइरस संक्रमित कोषमा जानका लागि उपयोगी रहने प्रोटिनलाई असर गर्दछ । जसकारण अनुसन्धानकर्ताहरु हाल यस भाइरसलाई खोपले प्रभाव पार्छ वा पार्दैन भन्ने कुराको जाँच गरिरहेका छन् ।

हाल परीक्षण भइरहेको अधिकांश भ्याक्सिनहरु स्पाइक प्रोटिनतर्फ लक्षित भएको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, उक्त भ्याक्सिनहरु यसअघि देखिएका भाइरस अन्त्यको प्रयोगको निम्ति निर्माण गरिएको थियो ।

प्रकाशित उक्त जर्नल सेलका निस्कर्षले म्युटेसनले भाइरसको नया रुपलाई बढि सामान्य बनाएको कुराको पुष्टि गर्दछ । नयाँ देखिएको भाइरसको उत्परिवर्तनलाई विज्ञहरुले ‘जि६१४’ नाम दिएका छन् । यस्तै उनीहरुले यसअघि देखिएका ‘डि६१४’ संस्करणका भाइरसलाई प्रतिस्थापित गर्दै यो भाइरस हाल युरोप तथा युएसभर फैलिसकेको समेत बताएका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ