२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकन अनुसन्धान कर्ताको दाबीः भिटामिन ‘ए’ छालाको क्यान्सरको खतरा १७ प्रतिशतसम्म घटाउँछ

अमेरिकन अनुसन्धान कर्ताको दाबीः भिटामिन ‘ए’ छालाको क्यान्सरको खतरा १७ प्रतिशतसम्म घटाउँछ


छाला क्यान्सरलाई घटाउनुछ भने खानामा भिटामिन ‘ए’ युक्त खानेकुराहरु सामेल गर्न फाइदाजनक देखिएको छ । अमेरिकाको ब्राउन युनिभर्सिटीमा गरिएको एक अनुसन्धानकाअनुसार भिटामिन ‘ए’ १७ प्रतिशतसम्म छालाको क्यान्सरको खतरा घटाउँछ । अनुसन्धानकर्ताहरुकाअनुसार भिटामिन ‘ए’ ले छाला तथा शरीर विकासमा महत्वपूर्ण भूमिका निभाउँछ ।

ब्राउन युनिभर्सिटीका एशोसियट प्रोफेसर युनयांग चोकाअनुसार छालाको क्यान्सरमा स्क्वैमस सेल कार्सिनोमा पनि सामेल छ, जसलाई रोक्न एकदमै गाह्रो देखिन्छ । तर, हालैको शोधमा डाइटमा भिटामिन ‘ए’ मिलाउने हो भने यसको खतरा कम गर्न सकिने देखिएको छ । भिटामिन ‘ए’ ले सुर्यको किरणबाट शरीरमा हुने नकारात्मक असर समेत कम गर्छ ।

अमेरिकन मेडिकल एशोसिएसन डर्मोटोलोजीकाअनुसार यो अनुसन्धान धेरै लामो समयसम्म चलेको थियो । १९८४ देखि २०१२ को बीचमा यो शोध १ लाख २१ ह्जार ७ सय महिलामा गरिएको थियो । यसका अलावा सन् १९८६ देखि सन् २०१२ को अवधिमा ५१ हजार ५ सय २९ अमेरिकी पुरुषहरुलाई पनि यो अनुसन्धानमा सामेल गरिएको थियो ।

उनीहरुको डाइटमा भिटामिन ‘ए’ युक्त फलफूल र तरकारीहरु सामेल गरिएको थियो । अनुसन्धानमा महिला र पुरुषको डाइट र स्कीन तथा क्यान्सरको बीचको सम्बन्ध अध्ययन गरिएको थियो ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ