२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकस्तो हुन्छ नरसंहारकर्ताको मनोदशा ?

कस्तो हुन्छ नरसंहारकर्ताको मनोदशा ?


एजेन्सी । सोमबार विहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता टेक्सास र ओहियोमा भएका दुई ओटा अलग अलग आम नरसंहारबारे टेलिभिजनमा पहिलो पटक आफ्नो अभिव्यक्ति दिए । नरसंहार गर्ने व्यक्तिको मनोदशा बारे चर्चा गर्दै ट्रम्पले भने, ‘आक्रमणकारी हिंसात्मक र मानसिक रुपमा रोगी हुन्छन, उनीहरुको मनोदशा प्राय एउटै हुन्छ । ’ त्यस्ता व्यक्तिले भिडियो गेममा पनि हिंसालाई प्रोत्साहन दिने ट्रम्पको भनाई थियो । त्यसो त राष्ट्रपति ट्रम्प मनोविज्ञ होइनन्, तर उनले व्यक्त गरेका विचार मनोविज्ञका धारणासँग मेल खान्छ । ट्रम्पले व्यक्त गरेका कतिपय बिचारलाई वैज्ञानिकहरुले दशकौदेखि अध्ययन गर्दै आएका छन् ।

ओरल्यान्डोको पल्स नाईट क्लबमा ५० जनाको नरसंहार गर्ने व्यक्तिले पनि क्यालिफोर्नियाको सान बर्नाडिनोमा भएको हमलाबारे अध्ययन गरेका थिए , यसै साता टेक्सासको इल पासोमा बालबालिकासहित २० जनाको हत्याका नरसंहारकारीले न्युजिल्यान्डको क्रिष्टचर्च सहरको एक मस्जिदमा प्रार्थना गर्न गएका व्यक्तिलाई गोली हानेको भिडियो हेरेका थिए

एउटा नरसंहारले अर्को गर्न उत्प्रेरित गर्छ ?
कुनै पनि सार्प सुटरले गोली चलाउनुअघि त्यसअघिका अपराधहरुको नालीबेलीबारे अध्ययन गर्ने गरेको अमेरिकी प्रहरीको दाबी छ । प्रहरीका अनुसार अपराधीले आफूले आक्रमण गर्नु अगाडि त्यसअघि भएका अपराधको तरिका अनुशरण गर्छन । विद्यालयमा आफ्ना निर्दोष सहपाठीमाथि गोली चलाउदा वा कुनै आदर्शका नाममा सर्बसाधरणको हत्या गर्ने व्यक्तिले प्राय पहिले भएका अपराध अनुशरण गर्छन ।स्यान्डी हुकको विद्यालयमा निर्दोष विद्यार्थीको रगतमाथि होली खेल्ने आक्रमणकारीले कोलम्बियामा भएको नरसंहारलगायतका विषयमा अध्ययन गरेका थिए । त्यस्तै ओरल्यान्डोको पल्स नाईट क्लबमा ५० जनालाई नरसंहार गर्ने व्यक्तिले पनि क्यालिफोर्नियाको सान बर्नाडिनोमा भएको हमलाबारे अध्ययन गरेका थिए ।

यसै साता टेक्सासको इल पासोमा बालबालिकासहित २० जनाको हत्याका नरसंहारकारीले न्युजिल्यान्डको क्रिष्टचर्च सहरको एक मस्जिदमा प्रार्थना गर्न गएका व्यक्तिलाई गोली हानेको भिडियो हेरेका थिए । मनोविज्ञहरुका अनुसार नरसंहार गर्ने प्राय व्यक्तिको मनोदशा एउटै हुन्छ । उनीहरु प्राय क्रुद्ध र एकान्तप्रिय हुन्छन् । उनीहरुका लागि आफूले हत्या हिंसा मच्चाउनुअघि भएका कुनै पनि नरसंहार आदर्श लाग्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ