२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकतै मानसिक रोगको शिकार हुनुु भएको त छैन ?

कतै मानसिक रोगको शिकार हुनुु भएको त छैन ?


सामान्यतया हामीमध्ये प्रायले आफ्नो चेतना पुर्ण रुपमा गुमाइसकेका व्यक्तिलाई मानसिक रोगी भन्दछौ । अर्थात पुर्ण रुपमा होस गुमाएका व्यक्तिलाई समाजले ‘पागल’ भन्छ । तर, चिकित्सा विज्ञान क्षेत्रले मानसिक समस्यालाई  विस्तृत रुपमा अध्ययन गरी रोगको विभिन्न चरणहरु रहेको पुष्टि गरेको छ । मानसिक रोगलाई विभिन्न प्रकारले वर्गीकरण गरिएको छः
अनावश्यक रुपमा चिन्ता लिइरहने 
 हामीमध्ये अधिकांश व्यक्ति कहिलेकाही अनावश्यक रुपमा चिन्ता लिइरहन्छौ ।  कुनै  व्यक्ति अनावश्यक रुपमा चिन्ता लिइरहन्छ वा कुनै चिज तथा समयदेखि डराउछ भने उसमा मानसिक समस्या हुने चिकित्सा क्षेत्रले जनाएको छ । यसैगरि कुनै व्यक्ति अस्वभाविक रुपमा आत्तिनु, मुटुको धड्कन बढ्नु  र अत्याधिक पसिना आउनु पनि मानसिक असन्तुलनको संकेत हो । निरन्तर रुपमा व्यक्तिको अवस्था  सहज हुदैन, आफुप्रति होश गुमाउछ र सामान्य परिस्थितिमा पनि असामान्य व्यवहार देखाउँछ भने उसको मानसिक असन्तुलन ठिक नभएको यकिन गर्न सकिने अध्ययनले बताएको छ । उसमा आइपरेको हुनै विशेष समस्या तथा अन्य जटिल रोगले पनि मानसिक समस्या बढाउछ ।
मुड सन्तुलित नरहने 
 यसप्रकारको असन्तुलनलाई अफेक्टिभ डिसअर्डर पनि भनिन्छ ।  यस समस्याबाट शिकार भएको व्यक्तिहरु कुनै पनि कुरामा आवश्यकभन्दा बढी चिन्ता लिने र मुड ठीक हुदा अत्याधिक मात्रामा खुशी हुने गर्दछ । अर्थात कहिले हदभन्दा ज्यादा रमाउने र कहिले बिनाकारण नै चिन्तित हुन्छन् । यसप्रकारको असन्तुलन व्यक्तिमा डिप्रेशन, दुविधा तथा अपरझट उसको जीवनमा घटेको गहिरो घटनाको कारण हुने गर्दछ ।
मानसिक असन्तुलन 
व्यक्तिमा भएको जागरुक र सोच्न सक्ने शक्तिमा आएको हृासलाई मानसिक स्थितीमा आएको असन्तलुन भनिन्छ । यस रोगले ग्रसित बिरामीमा मुख्यतया दुई किसिमकोे समस्या उच्च मात्रामा देखिन्छ, ह्यालुसनेशन र डिलुजन । ह्यालुसनेशन अन्र्तगत बिरामीहरु प्रायः जसो कल्पनामा रमाउने गर्दछन् ।  नभएका कुराहरु जस्तै केही आकृति, आवाज तथा दृश्यहरु वस्तविक रुपमा नै छ भन्ने भ्रममा विश्वास गर्दछन् । यसैगरि, डिलुजनअन्र्तगतका बिरामी अन्धविश्वासहरुमा बढी विश्वास गर्दछन् । यसलाई  हामी पागलपन पनि भन्छौ ।
खानपानमा देखिने गडबढी 
खानपिनमा आउने गडबढी अन्र्तगत व्यक्तिको भावना, मनोवृत्ति तथा व्यवहारलगायत उसको खानपिनमा आएको परिवर्तन आदि पर्दछ । यस रोगका बिरामीमध्ये कोहीको खानपिनमा रुचि घट्ने वा कोही अत्याधिक मात्रामा खाने र कसैको शारीरिक बनावटमा पनि परिवर्तन देखा पर्दछ ।
आवेगमा आउनु र कुनै लतमा फस्नु
कुनै व्यक्ति छिट्टै रिसाउछ र व्यक्तिमा केही कुराको लत छ भने त्यसलाइृ पनि चिकित्सा विज्ञानले मानसिक रोगीको संज्ञा दिएको छ ।  यसप्रकारका व्यक्तिहरुले आफु र अरुलाई हानि पनि गर्न सक्छन । उनीहरु आफ्नो  आग्रह र आवेगमा अडिग रहिरहन्छन् । उदाहरणका लागि, चोरी गर्ने वा जुवा खेल्ने व्यक्तिहरु । उनीहरु आफ्ना घर परिवारलाई नै बेवास्ता गरी एकोहोरो त्यसैमा मात्र आफ्नो ध्यान केन्द्रित गर्दछन् ।  यस समस्याबाट ग्रसित व्यक्तिको लत हटाउन हम्मे हम्मे पर्दछ ।
पर्सनालिटी डिसअर्डर 
पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरुको व्यक्तित्व लक्षण चरम र अतुलनीय हुन्छ । उनीहरु लगातार अन्य व्यक्तिहरुलाई कष्ट दिन रुचाउँछन् । जसकारण आफ्नो काम तथा सामाजिक सम्बन्धहरुमा विभिन्न खााले समस्याहरु उत्पन्न गराउँछन् । अझ यस किसिमको व्यक्तिको सोचाई र व्यवहारको नमुनाहरु समाजको अपेक्षा भन्दा भिन्न हुन्छ । उनीहरु यति कठोर हुन्छन् कि, उनीहरु हरेक व्यक्तिको काममा हस्तक्षेप गर्न रुचाउँछन् । असामाजिक व्यक्तिलाई पनि यसअन्र्तगत समावेश गर्न सक्छौ ।
ओबेसिभ एन्ड कमपल्सिभ डिसअर्डर
कुनै पनि व्यक्ति आवश्यक भन्दा बढी जिद्धि हुने र आफ्नै कुरामा अडिग रहिरहन्छ भने त्यस्ता व्यक्तिहरुमा पनि मानसिक रोग  भएको हुन सक्ने चिकित्सा विज्ञानले जनाएको छ । यस्ता व्यक्तिहरु एक विशेष कुरालाई लिएर धेरै सोचिरहने र हडबडाउने गर्छन । उनीहरुकको दिमागमा एउटै मात्र कुराले राज गरिरहेको हुन्छ । जसकारण उनीहरुले  बारम्बार एउटै काम गरिरहन्छन् । जस्तो, कुनै व्यक्ति किटाणु संक्रमणको भयले लगातार हात धोइरहनु ।
पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर
यो एक यस्तो प्रकारको मानसिक रोग हो जुन व्यक्तिमा उसको प्रियजनको अप्रत्याशित मृत्यु, भयानक घटना पछि शारीरिक रुपमा भएको क्षति तथा प्राकृतिक दर्दनाक र भयानाक क्षतिका कारण व्यक्तिमा विकसित हुन थाल्छ । यो रोगले गाँजका व्यक्तिमा  बिरामीमा डराइ रहने समस्या देखिन्छ ।
यसबाहेक व्यक्तिहरुमा स्ट्रेश रेस्पोनस सिन्ड्रोम, डिसोडिभ, सेक्सुअल तथा जेन्डर फ्याक्टिसियस, सोमेटिक र टिक जस्ता मानसिक रोगहरु प्नि छन् । जुन कमै व्यक्तिहरुमा मात्र देखिने गर्दछ ।
(एजेन्सीको सहयोगमा)

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ