२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यजलबायु परिवर्तनसँग जुध्न शाकाहारी खानेकुराः राष्ट्रसंघ

जलबायु परिवर्तनसँग जुध्न शाकाहारी खानेकुराः राष्ट्रसंघ


एजेन्सी । शाकाहारी खानेकुराले जलबायु परिवर्तनका नकरात्मक अशरसँग जुध्न सहयोग गर्ने राष्टसंघको एक पछिल्लो प्रतिबेदनले जनाएको छ । पश्चिमेली मुलुकहरुमा मासु तथा डेरीजन्य उत्पादनको उच्च उपभोग भइरहेका विवरण सार्बजनिक भइरहेका बेला राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक भएको हो । मासुजन्य उत्पादन र त्यसको उपभोगले विश्वव्यापी उष्णतालाई थप पश्रय दिएको प्रतिवेदनमा जनाइएको छ । तर, वैज्ञानिकले प्रष्ट रुपमा शाकाहारी भोजन खान भने अनुरोध गरेका छैनन् । उनीहरुले मासुजन्य उत्पादन कम उपभोग गरेमा थोरै जमिनमा कृषि उत्पादन गरेर धेरै भन्दा धेरै मानिसहरुलाई खुवाउन सकिने बताएका छन् ।

राष्ट्रसंघको इन्टरगर्भमेन्टल प्यानल अन क्लाईमेट चेन्ज (आईपीसीसी) का लागि १०७ वैज्ञानिकहरुले तयार पारेको सो अध्ययनमा प्रभावकारी ढंगले जमिनको प्रयोग गर्न सकेमा त्यसले मानिसहरुले उत्सर्जन गरेको कार्बनभन्दा धेरै बढी कार्वन सोस्न सक्ने बताइएको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित छलफलपछि सो अध्ययन प्रतिबेदनलाई अन्तिम रुप दिइएको थियो ।

‘हामी मानिसहरुलाई मासु खान छोड्नुहोस त भन्दैनौं । केही स्थानहरुमा मानिसहरुका लागि विकल्प समेत छैन । तर, यो प्रष्ट छ की पश्चिमी मुलुकहरुमा मासुको अत्यधिक उपभोग भइरहेको छ,’ एबिरडिन युनिर्भसिटी बेलायतका वातावरण वैज्ञानिक प्राध्यपाक पिट स्मिथले भने ।

भुक्षय र मरुभूमिकरण रोक्नका लागि प्रतिबेदनले अनुरोध गरेको छ । रुखहरु हुर्काउने तथत विद्युत उत्पादनका लागि त्यसलाई बाल्ने केही देशका सरकारको योजनाप्रति चेतावनी समेत दिएको छ । पृथ्वीको भूःसतह र यसलाई प्रयोग गर्ने तरिकाले मानव समाज विश्व अर्थतन्त्रका लागि आधार तय गर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ