२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यआखिर किन हुन्छ यौनसम्पर्कपछि तनाव ? कसरी नियन्त्रण गर्ने ?

आखिर किन हुन्छ यौनसम्पर्कपछि तनाव ? कसरी नियन्त्रण गर्ने ?


सामान्यतयाः अविवाहित जोडी तथा मल्टि पार्टनर हुने अधिकांश व्यक्तिमा यौनसम्पर्कपछि मानसिक तनाव हुने गरेको पाइन्छ । त्यस्ता व्यक्तिले कायम राख्ने शारीरिक सम्बन्ध उनीहरुमाथि नै मानसिक रुपमा हावी भइदिन्छ । जसकारण उनीहरु थुप्रैै मानसिक तनाव, चिन्ता र आत्मग्लानीको महशुस गर्छन् ।

यद्यपि व्यक्तिमा आउने यस्तो सोचलाई भने स्वाभाविक मानिन्छ । तर, यसलाई आफूमा पुर्णरुपमा हावी हुन भने दिनु हुँदैन । भनेपछि यस्ता सोचलाई कसरी कम गर्ने त? अर्थात् यसको नियन्त्रणका उपाय के हुन सक्छ त?

पहिले यो बुझौं कि तपाई मात्र होइन जसले यस्तो कार्य गर्नुभएको छः

कुनै पनि यौनसम्बन्ध पार्टनरबीचको सहमतिमै भएपनि सम्बन्ध कायम भएपश्चात् भने अब के–कसो हुने हो भन्ने एक किसिमको चिन्ता एवम् मानसिक तनाव बढ्न सक्छ । वा भर्खरै सम्बन्ध कायम भएको व्यक्तिसँग तपाईको अन्य कुनै सम्बन्ध थिएन । तर, पनि तपाईले उसँगै शारीरिक सम्बन्ध कायम गर्नुभयो भनेर तनाव लाग्न सक्छ ।

तपाईलाई जब यस कुराको ज्ञात भयो, तब तपाईमा एक किसिमको छटपटाहट या वितृष्णा पैदा हुन थाल्यो । के तपाईलाई पनि यस्तै–यस्तै चिन्ताले सताएको छ? यदि छ भने सर्वप्रथम यो बुझ्नुस् यस्तो भाव वा सोचाई आउने तपाई मात्र होइन । अंकमाल, चुम्बन तथा कुनै पनि किसिमका यौनिक गतिििवधपछि व्यक्तिमा यस्ता किसिमका तनाव पैदा हुन सक्छन् । र, यो जायज पनि छ, तर, यो गल्ती भने होइन । किनकी यो दौड या हुलमा तपाई मात्र एक्लो हुनुहुन्न ।

सम्भोगपछि यो सबैमा हुन्छ नै भन्ने छैन तर यसको सम्भावना भने रहन्छ:

‘पोस्ट–कोइटल डिस्फोरिया’ अर्थात् सहवासपछि हुने असहजपन । यसलाई पोस्टकोइटल ‘ट्रिस्टेस’ या सहवासपछि हुने उदासीपन पनि भनिन्छ । यसले एक किसिमको चिन्ता उत्पन्न गर्छ । सन् २०१५ मा गरिएको २ सय ३३ छात्रामा गरिएको एक सर्वेक्षण अनुसार, उनीहरुमध्ये ४६ प्रतिशतमा पिसिडि देखिएको थियो भने, सन् २०१९ मा छात्रमा गरिएको सर्वेक्षणमा ४१ प्रतिशतले आफ्नो जीवनकालमा कुनै न कुनै क्रममा पिसिडिको महशुस गरेका थिए । जसअन्र्तगत सम्भोग कायम भएपछि व्यक्तिहरु चिन्तित रहने, आवेशमा आउने, व्याकुल हुने र रुने गर्छन् । यौन सुख प्राप्त गरे या नगरेपनि व्यक्तिमा यो सम्बन्ध कायम भएपछि ५ मिनेट, २ घन्टा या जुनसुकैै समयमा पनि हुनसक्छ ।

आखिर व्यक्तिमा यस्तो भाव किन पैदा हुन्छ त ? यस्ता छन् कारण :

१. सम्भोगपछि शरीरमा उत्पादन हुने विभिन्न हार्माेनको प्रतिकृया,

  २. आफ्नो सम्बन्धप्रतिको सोचाइ,

३. यौन तथा आफ्नो शरीरप्रतिको सोच,

 ४.  सामान्य चिन्ता र डर,

 विगतका केहि दुव्र्यवहार तथा पिडादायिक घटना

तसर्थ, सम्भोगपछि हुने तानव माथि उल्लेखित पक्षहरुसँग सम्बन्धित भएकाले पनि यसलाई स्वभाविक मानिन्छ । तर, यस्ता भावलाई उचित रुपमा नियन्त्रण गर्न नसक्दा कालान्तारमा यसले व्यक्तिलाई मानसिक रुपमा विक्षत समेत बनाउने सम्भावना रहनछ । तसर्थ, यसलाई बेलैमा नियन्त्रण गर्नु उचित रहन्छ ।

यस्ता भावहरु पैदा भएमा के गर्ने त?

जब तपाई आत्तिनुहुन्छ या डर, चिन्तामा हुनुहुन्छ तब लामो र गहिरो श्वास लिनुहोस् । यदि तपाईलाई श्वासप्रश्वास सम्बन्धिका व्यायामहरु थाहा छ भने त्यो पनि गर्न सकिनेछ । यसले मतिष्कमा चलिरहेको त्यस्ता नकरात्मक सोचहरुलाई कम गर्न मद्दत गर्छ ।

यस्तै, जब तपाईको दिमागमा केहि नकरात्मक सोच एवम् घटनाको  सोचले बारम्बार पिडा दिइरहन्छ या त्यस्ता कुरा याद आइरहन्छ । त्यस्तो समयमा वर्तमान समयमा ध्यान दिएर आफूलाई नियन्त्रणमा राख्ने कोशिस गर्नुहोस् । जस्तो उदाहरणका लागिः तपाईको अगाडि ३ वटा वस्तु जे छ त्यसको नाम लिनुहोस् । त्यसपछि तपाईले सुन्नुभएको ३ वटा वस्तुको नाम लिनुहोस् र अन्त्यमा आफ्नो शरीरको ३ अंगहरु चलाउनुहोस् । र, आफूलाई त्यस्ता सोचबाट राहत दिलाउने अर्काे उपाय भनेको वर्तमानमा भएको आफूलाई फोकस गर्नुहोस् र प्रश्नोत्तर गर्नुहोस् जस्तै:- आफैले आफैसँग के म सुरक्षित छु?, अहिले के भइरहेको छ?, अहिले मैले के गर्नुपर्छ? र म कहाँ हुनु पर्ने हो? के मेरो पार्टनरले मलाई यसमा मद्दत गर्न सक्छ?

यस्ता प्रश्नोत्तरपछि यदि तपाईलाई आफ्नो पार्टनरलाई यो सब बताउनुपर्छ जस्तो लागछ र तपाई बताउन पनि सक्नुहुन्छ भने तपाईले आफ्ना पाटनरसँगको  साझेदारीमा पनि यसलाई कम गर्न सक्नुहुन्छ । कहिलेकाँहि आफ्ना भावहरु कोहि दोस्रो व्यक्तिसंग सेयर गर्दा यसले पनि व्यक्तिलाई धेरै राहत दिन्छ । तर, यदि तपाई आफ्नो पिडा र गोप्यनीयता कसैसँग बाड्न चाहानुहुन्न भने तपाई नबताउन पनि सक्नुहुन्छ । एकचोटि तपाई यस चिन्ताबाट मुक्त हुनुभयो भने पुनः सोहि क्रम नदोहोरियोस् भन्नका लागि तपाईे निम्न प्रश्न आफैमा गर्नुहोस्ः

के मलाई यस अवस्थासम्म पु¥याउनमा मेरो पार्टनरको कस्तो थियो? या ममा आाएको यो सोच बिना योजना नै आएको हो त?

यस्ता सोचको मुख्य कारण सम्भोग वा मेरो पार्टनर नै नै हो त? कि जीवनमा भइरहेका अन्य कारणहरु हुन्?  यसअघि म केहि पिडादायिक घटना वा दुव्र्यवहारको शिकार भएको छु? यो भाव मतै मेरो आफ्नै परिकल्पनाका कारणत उत्पन्न भइरहेका छैनन्?

के यसले आवश्यकभन्दा बढि नै सताएको हो त?
यस्ता प्रश्नोत्तरले तपाईलाई सो समस्याबाट मुक्त हुन राहत दिनेछ भने, यस्तो गुणस्तरीय थेरापी आफूलाई मद्दत गर्न सक्ने व्यक्तिबाट पनि लिन सकिन्छ । विगतमा घटेका घटना तथा असह्य दुव्र्यवहारले पनि यस्ता भावहरु पैदा गर्छन् । तसर्थ, यस्ता भावनाका विषयमा खुलेर आफ्ना पार्टनरसंग कुरा गर्दा पनि यसले धेरै राहत प्रदान गर्छ, भने यदि सम्भोगपछि तपाईकोपार्टनरमा यसता समस्या देखिन थालेको छ भने उसलाई सम्झाउने, बुझाउने, उसको कुरा सुनिदिने गर्नुपर्छ भने उसको प्रस्तुतीलाई स्तरीकरण गरेर उसलाई बारम्बार यसबारे भनिरहनु हुदैन । यसले उनीहरुमा अझ बढि आघात पुग्ने सम्भावना रहन्छ । यसका साथै दुवैजना मिलेर सम्बन्धित विशेषज्ञको परामर्श समेत लिने सकिन्छ ।

अन्त्यमा…

सम्भोगपछि पैदा हुने मानसिक तनाव अस्वभाविक होइन । यस्ता भाव पैदा हुनु जायज पनि छ । यद्यपि यस्ता भावले नियमित सताउन थालेमा भने थेरापिस्ट एवम् सम्बन्धित विशेषज्ञसँग परामर्श लिनु उचित रहन्छ । उनीहरुले तपाईलाई यस्ता अनावश्यक सोचाईबाट बाहिर निस्कन मद्दत गर्नेछन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ