२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअब स्तन क्यान्सर सम्भाबना जाँच नेपालमै

अब स्तन क्यान्सर सम्भाबना जाँच नेपालमै


काठमान्डौं । बंशाणुगत कारण हुनसक्ने स्तन क्यान्सरको सम्भाव्यता जाँच अब नेपालमै हुने भएको छ । ललितपुरस्थित कुसुन्तीमा स्थापना भएको नोभा इन्टरनेस्नल डाइग्नोष्टीकले नेपालमै पहिलोपटक सबै किसिमका बंशाणुगत रोग पत्ता लगाउने अन्ताष्ट्रिय स्तरको ल्याव स्थापना गरेसँगै स्तन क्यान्सरको सम्भाव्यता जाँच हुने भएको हो ।

नयाँ प्रविधी भित्रिएसँगै डाउन्ड सिन्ड्रम (क्रोमोजोमको असमानताले हुने जन्मजात बौद्धिक तथा शारीरक समस्या), मस्कुलर डिस्ट्रोफी, व्रेष्ट क्यान्सरको प्रि–स्क्यानिङ जस्ता बंसाणुगत रोग पहिचान गर्ने अत्याधुनिक मेसिन ल्याएको हो ।

यस प्रकारको ल्याव नेपालमै पहिलोपटक स्थापना भएकोे वंसाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले बताइन् । नेपालमा सबै किसिमका बंशाणुगत रोग परिक्षण गर्ने ल्याव नभएका कारण मासिक करोडौ रुपैया विदेशिने गरेको थियो ।

तीन बर्ष अघि डा. ठाकुरकै नेतृत्वमा वीर अस्पतालमा बंसाणुगत रोग परिक्षणको लागि जेनेटिक ल्याव स्थापना गरिएकोे थियो । तर, सो ल्याबमा स्तन क्यान्सरसम्बन्धी सबै किसिमको जाँच हुन सकेको थिएन ।

अब कुनै पनि कसिमका बंशाणुगत रोगको लागि विदेशीनुपर्ने बाध्यता अन्त्य भएको नोभाका अध्यक्ष उज्वल ठाकुरले बताए । नोभाले स्थापना गरेको ल्याव आधारभूत जाँचदेखि अन्र्तराष्ट्रिय मापदण्डको परीक्षण हुने दावी गरेको छ । बंशाणुगत रोग परिक्षणको लागि अन्तराष्ट्रिय स्तरमा सबैभन्दा उच्चतम प्रविधि मानिएको मोलिकुलर टेष्टीङ्ग गर्ने नेक्स जेनेरेसन सिक्वेन्सरमार्फत जाँच गर्ने ल्याव स्थापना भएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ