२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रधानमन्त्री ओलीले भने, ‘म हल्का उपचारका लागि सिंगापुर जाँदैछु’

प्रधानमन्त्री ओलीले भने, ‘म हल्का उपचारका लागि सिंगापुर जाँदैछु’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि सिंगापुर जान लागेको बताएका छन् । गृह मन्त्रालयमा बुधबार बिहान आयोजित संविधान दिवस राष्ट्रिय दिवस, मूल समारोह समितिको बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाइएको भन्दै चर्को असन्तुष्टी व्यक्त गरे ।

‘म केही दिनका लागि भोली सिंगापुर जाँदैछु । अचम्म लाग्छ, विरोधीहरु कति कमजोर भएछन्, उ बाँचोस तै पनि मुकाबिला गर्छौैं भन्ने छैन् । मरीहाले देखि हुन्थ्यो भनेर । मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन । तर म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदैछु,’ प्रधानमन्त्रीले भने ।

उनले आगामी चुनाबमा तीब्र प्रतिष्प्रर्धा हुने भन्दै अस्तित्वको लडाइ समेत सुरु भएको दाबी गरे । ‘आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु । मरीगए हुन्थ्यो भन्ने चाहनेलाई । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाईं अहिले देखि सुरु गरे हुन्छ,’ ओलीले भने ।

उनले आफूलाई केहीले मरीहालोस भनेर खुबै प्रचार गरेको उल्लेख गर्दै एक पटक सबैले मर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले थपे, ‘मैले अस्ती एक ठाउँमा भनेको थिएँ १५ बर्ष अगाडि बिमारी थिए । बिमारी त्यतिबेला थिएँ । अब १५ बर्ष अखडामा सामेल छु । बाँकी १५ वर्ष चाहिँ अखडामा हुन्छु म । ’

ओलीले आफू संविधान दिवसभन्दा अगावै स्वदेश फर्किने बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ