२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपानीमा हुने माईक्रोप्लाष्टिकको स्वास्थ्यमा ठूलो जोखिम छैनः विश्व स्वाथ्य संगठन

पानीमा हुने माईक्रोप्लाष्टिकको स्वास्थ्यमा ठूलो जोखिम छैनः विश्व स्वाथ्य संगठन


एजेन्सी–विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले पिउने पानीमा हुने माईक्रोप्लाष्टिकले स्वास्थयमा ठूलो जोखिम नहुने जनाएको छ । एक प्रतिवेदन सार्बजनिक गर्दै डब्लुएचओले ठूला र निकै साना कणहरु अबजर्भ  गर्ने नभई सिधै शरिरबाट बाहिर जाने बताएको छ । तर, नतिजा सिमित सूचनामा आधारित भएको भन्दै उसले वृहत अनुसन्धानका लागि आव्हान समेत गरेको छ ।

‘माईक्रोप्लाष्टिकले स्वाथ्यमा पार्ने प्रभावबारे अझै बढी जान्न आवश्यक छ,’ डब्लुएचओले भनेको छ । डब्लुएचओका डा. ब्रुस गोर्डनले विभिन्न ब्रान्डका केही महिनाअघि पानीका बोत्तलमा प्लाष्टिकका कण भेटिएको पाइएपछि यसबारे समीक्षा गरिने बताएका थिए ।

के भन्छ प्रतिवेदन ?
५ मिलिमिटर भन्दा कम लम्बाइ भएका माइक्रोप्लाष्टिक, नदी, ताल, पिउने पानीको स्रोत र बोटलको पानीमा पाइन्छ । यसले मानव स्वास्थ्यमा कस्तो जोखिम पार्छ त ? डब्लुएचओले साना माईक्रोप्लाष्टिकलेस्वास्थमा खासै जोखिम नपार्ने तर थप अनुसन्धान आवश्यक पर्ने जनाएको छ । पानीमा प्लाष्टिकका कण हुने विषयमा वास्तवमा पछिल्ला केही वर्षमा मात्र अध्ययन गरिएका थिए । तसर्थ, पानीमा प्लाष्टिकका कणबारे अहिलेसम्म फेला पारिएका प्रमाण सिमित भएको डब्लुएचओले जनाएको छ ।

संसारका  दुई अर्ब मानिस संक्रमित पानी पिउछन, जसका कारण हरेक वर्ष १० लाखको मृत्यु हुने गरेको छ

पानीमा हुने प्लाष्टिकका कणबारे भइरहेका अध्ययनमा कुनै मापदण्ड कायम गरिएको छैन । पानीका विभिन्न स्रोतमा पाइने प्लाष्टिकका कणको संख्या अध्ययन गर्न विभिन्न अनुसन्धानकर्ताले विभिन्न फिल्टरहरुको प्रयोग गरेका छन् ।

‘मानौ की प्रति लिटर पानीमा १ सय साना अणु भेटिन्छन भने अर्कोमा केबल एउटा मात्र देखिन सक्छ । प्रयोग गरिएको फिल्टरको साईजमा कणको संख्या निर्भर हुन्छ,’ डा. गोर्डनले भने, ‘हामी आधारभूत रुपमा एउटा त्यस्तो बिन्दुमा छौ, जहाँ अध्ययन विधि निकै फित्तलो छ । ’

डा. गोर्डनका अनुसार प्लाष्टिकका कणबारे गरिएको अध्ययन उपभोक्ताहरुका लागि भने सुखद छ किनकी ठुला प्लाष्टिकका कणहरु र अधिकांश साना टुक्राहरु एब्जर्भ नभई शरिरबाट पास हुन्छ ।

संसारका दुई अर्बले पिउछन् प्रदुषित पानी

पानीमा हुने शौच, रसायन लगायतका प्रदुषित पर्दाथ नियन्त्रण गर्नका लागि हुने निर्मलीकरण प्रक्रियाले पानीको स्रोतको ९० प्रतिशत माईक्रोप्लाष्टिक हटाउने अध्ययनमा जनाइएको छ । अध्ययनले विश्वमा ठूलो सख्ंयामा रहेका व्यक्तिले प्रदुषित पानी पिउने कालो पक्ष उजागर गरेको छ ।

‘संसारका अझै पनि दुई अर्ब मानिस दिशा संक्रमित पानी पिउछन,’ गोर्डनले भने, ‘जसका कारण हरेक वर्ष १० लाखको मृत्यु हुने गरेको छ । यस बिषयमा धेरैको ध्यान जानु आवश्यक छ । ’ डब्लुएचओले प्लाष्टिकबाट निम्तिने प्रदुषणलाई आकस्मिक समस्याको रुपमा हेरेको छ । सम्भव भएसम्म प्लाष्टिक प्रयोगक घटाउन तथा यसलाई पुर्नरावर्तन गर्न समेत डब्लुएचओले आग्रह गरेको छ । प्लाष्टिक प्रदुषणबाट मानव स्वाथ्यमा हुने हानीबारे भने अध्ययन मौन छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ