२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअनिद्राले ग्रस्त ब्यक्तिमा मुटु सम्बन्धि रोगको उच्च जोखिम : अध्ययन

अनिद्राले ग्रस्त ब्यक्तिमा मुटु सम्बन्धि रोगको उच्च जोखिम : अध्ययन


निद्रा नलाग्ने समस्या (इन्सोमेनिया) हुने ब्यक्तिहरुमा मुटु सम्बन्धि रोग लाग्ने उच्च जोखिम हुने एक अनुसन्धानले देखाएको छ । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीका अन्वेषकहरुले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

आनुवंशिक रूपमा अनिद्राको समस्या भएका ब्यक्तिलाई हार्ट फेल्युअर, स्ट्रोक र कोरोनरी आर्टरी रोगको बढी जोखिम हुने निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

कम निद्रा र मुटु सम्बन्धि समस्या सम्बन्धित रहेको भनिएको अघिल्लो अनुसन्धानलाई नयाँ अनुसन्धानले समेत समर्थन गरेको छ ।
‘यदि वास्तवमै यस्तो हो भने हामीले निद्रामा हुने गडबडीलाई सुधार वा कम गर्न सक्यौं भने त्यसले स्ट्रोकको जोखिम कम गर्न सक्छ,’ अनुसन्धानका सह–लेखक प्रो. ह्यु मार्कसले भने ।

यो अनुसन्धान, ‘करिब २ सय ५० आनुबंशिक भिन्नताहरु (जेनेटिक भेरियन्टस्) मध्ये प्रत्येकले अनिद्रा हुने जोखिमलाई थोरै भएपनि बढाउँछ,’ भन्ने अघिल्लो अनुसन्धानमा आधारित छ ।

‘धेरै व्यक्तिमा ती सबै भेरियन्ट्स हुँदैनन् । केहीमा त्यो भन्दा धेरै वा थोरै पनि हुनसक्छ,’ मार्कसले भने ।

ध्यान दिनुपर्ने कुरा यो हो कि आनुबंशिक भिन्नताहरु ब्यक्तिको बाँकी आनुबंशिक स्वरुप वा वातावरणीय कारकहरू (बासस्थान, खानपान, शारीरिक व्यायाम आदि)मा निर्भर गर्दैन । यो विरासतमा आउने कुरा हो ।

यद्यपि, अहिले नै यसबाट कुनै निष्कर्षमा पुगिहाल्न नसकिने अक्सफोर्ड युनिभर्सिटीका जेनेटिक्स सम्बन्धि विशेषज्ञ माइकल होम्सको भनाइँ छ ।

‘यो अध्ययनबाट मात्र अनिद्राले मुटु सम्बन्धि रोगको खतरा बढाउने निष्कर्ष निकाल्न सकिदैन्,’ होम्सले भने, ‘बरु, जेनेटिक भेरियन्ट्स भएका अनिद्राको समस्या हुने ब्यक्तिमा मुटु सम्बन्धि रोगको खतरा पनि बढी हुन्छ भन्न सकिन्छ ।’

अध्ययनले जिनको आनुवंशिक भिन्नताका कारण हुने अनिद्राले कोरोनरी हार्ट रोगको खतरा हुने औंल्याएको छ । यस सम्बन्धलाई थप अनुसन्धानद्वारा प्रमाणित गर्न सकेमा यसले अनिद्राका कारण पीडित व्यक्तिहरूमा मुटु रोगको जोखिम कम गर्ने सरल तरिकाहरूका लागि मार्ग प्रशस्त गर्नेमा अध्येताहरु आशावादी छन् ।

गार्डियनमा प्रकाशित सामाग्रीको भावनुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ