२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायती प्रधानमन्त्रीले भने, ‘कोरोनाको नयाँ भेरियन्ट बढी खतरानाक’

बेलायती प्रधानमन्त्रीले भने, ‘कोरोनाको नयाँ भेरियन्ट बढी खतरानाक’


लन्डन—बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशमा भेटिएको कोभिड—१९ को नयाँ भेरियन्ट बढी खतरानाक भएको बताएका छन् । उनले बेलायतमा बढिरहेको मृत्युदरको आँकडाको कारण पनि यही हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

कोभिड—१९ को नयाँ भेरियन्ट अघिल्लो महिना सबैभन्दा पहिलो बेलायतमा भेटिएको थियो । प्रधानमन्त्री जोनसन कोभिड—१९ को नयाँ भेरियन्टबारे पहिलो पटक बोलेका हुन् ।

शुक्रबार उनले भने, ‘हामीलाई जानकारी प्राप्त भएको छ कि नयाँ भाइरस एकदमै तेज रुपमा फैलन्छ । यसका बारेमा केही प्रमाणहरु पनि हामीलाई प्राप्त भएका छन् । सबैभन्दा पहिले यो लन्डनमा पत्ता लागेको थियो । हुन सक्छ यही कारण मृत्युको आँकडा बढिरहेको हो ।’

बेलायत सरकारका पूर्व प्रमुख विज्ञान सल्लाहकार डा. पैट्रिक वान्लेसले पनि प्रधानमन्त्रीको जोनसनको विचारको समर्थन गरेका छन् । उनले भने, ‘हाम्रा अगाडि तथ्यांक छ र यसलाई नकार्न सकिदैन् । तर, यो पनि सत्य हो कि अहिले पनि केही प्रश्नहरुको उत्तर प्राप्त हुन बाँकी छ ।’


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ