२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. गोविन्द केसीद्वारा डडेल्धुरा अस्पतालको अवलोकन

डा. गोविन्द केसीद्वारा डडेल्धुरा अस्पतालको अवलोकन


डडेल्धुरा-लामो समयदेखि चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको भ्रमण गर्ने क्रममा बुधबार साँझ डडेल्धुरा पुगेका डा. केसीले  बिहीबार अस्पतालको अवलोकन गरेका हुन् । डा. केसी काँधमा झोला भिरेर बजारबाट  हिडेरै अस्पताल पुगेका थिए । उनले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा डा. केसीले अस्पतालको बस्तुस्थिति बुझेको, बिरामीहरुको अवस्था नियालेको र समग्र सूदरपश्चिमको जनस्वास्थ्यको विषयमा छलफल गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

‘डा. केसीले अस्पतालको बस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्थाबारे नियाल्नुभयो,’ कँडेलले भने, ‘अस्पतालमा उपलब्ध जनशक्ति बारेमा पनि उहाँले जानकारी लिनु भयो । त्यसबाहेक अन्य केही कुरा भएन ।’ डा. केसीले यहाँ आउनुको कारण केही उल्लेख नगरेको उनको भनाइ छ ।

एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा निस्किएका डा. केसी केही दिन डडेल्धुरामा बिताउने छन् । आफू पर्यटकका रुपमा सुदूरपश्चिम आएको डा. केसीले संक्षिप्त प्रतिक्रिया दिए । ‘म आज पर्यटकका रुपमा यहाँ आएको हुँ।’ उनले भने, ‘डडेल्धुरा राम्रो लाग्यो । अबका केही दिन यतै बिताउँछु होला ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ