२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यसेल्फी भिडियोबाटै जाँच्न सकिनेछ ब्लड प्रेसर

सेल्फी भिडियोबाटै जाँच्न सकिनेछ ब्लड प्रेसर


ब्लड प्रेसर कति छ ? यो जान्नका लागि अब चिकित्सकलाई भेट्नुपर्ने बाध्यता हट्ने भएको छ । टोरोन्टो युनिभर्सिटीका शोधकर्ताहरुले मोबाइल फोनको क्यामराबाट ब्लड प्रेसर जाँच गर्ने नयाँ प्रविधि विकसित गरेका छन् । उक्त प्रविधिमार्फत सेल्फी भिडियोको सहयोगमा ब्लड प्रेसर थाहा पाउन सकिनेछ ।

अनुसन्धानकर्ताहरुकाअनुसार चीन र क्यानडाका १३२८ ब्यक्तिमा परीक्षणका दौरान ९५—९६ प्रतिशत छोटो जानकारीसहित तीन प्रकारको ब्लड प्रेसर मापन गर्न सफलता प्राप्त भएको हो ।

टोरोन्टो युनिभर्सिटीका शोधकर्ता पल झेन्गले ट्रान्सडर्मल अप्टिकल इमेजिङ प्रविधि विकसित गरेका छन् । यो प्रविधिको सहयोगमा अनुहारको छालाबाट ब्लड प्रेसरको पत्ता लगाउन सकिन्छ । शोधकर्ताहरुले ब्लड प्रेसर थाहा पाउनका लागि २ मिनेटको सेल्फी भिडियो प्रयोग गरेका थिए ।

भिडियो बनाउने बेलामा मोबाइल क्यामरामा राखिएको अप्टिकल सेन्सर अनुहारमा पर्ने राता किरणलाई कैद गर्छ, जो स्कीनभित्र हेमोग्लोबिनका कारण रिफलेक्ट हुन्छ । ट्रान्सडर्मल अप्टिकल इमेजिङ प्रविधिबाट यस्तै परिवर्तित किरणको सहयोगमा शरीरमा ब्लड प्रेसरको जानकारी प्राप्त गर्न सकिन्छ । अनुसन्धानकर्ताहरुले यो दावी गरेका छन् कि यो प्रविधिले ९६ प्रतिशत छोटो जानकारी दिन्छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार ट्रान्सडर्मल अप्टीकल इमेजिङ संसारमा बढिरहेको हाइपरटेन्सन (हाई विपी)लाई कम गर्न सहयोगी हुनेछ । खासगरी, यस्तो ठाउँमा जहाँ स्वास्थ्य सेवा सजिलै उपलब्ध हुँदैन् ।

टेक कम्पनी न्युरालोजिक्सले एनुरा नामको एप रिलिज गरेको छ, जो ३० मिनेटको सेल्फी भिडियोमार्फत धड्कन र तनावको स्थितीका बारेमा जानकारी दिन्छ । कम्पनी चाडै यो एपमा ब्लड प्रेसर पत्ता लगाउने फिचर समावेस गर्नेछ । जसलाई सबैभन्दा पहिलो चीनका लागि सार्वजनिक गरिनेछ । कम्पनीका संस्थापक लीकाअनुसार प्रयोगकर्ताको स्वास्थ्य अवस्थाको आँकडा एप क्लाउडमा अपलोड गरिनेछ । चाडैं यसको सहयोगमा कोलस्ट्रोल, हेमोग्लोबिन र ब्लड ग्लुकोज तहका बारेमा पनि जानकारी मिल्नेछ ।

भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ