२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यव्रत बसेर नाचगान गर्दा प्रेसर, सुगर घट्छः डा. पोखरेल

व्रत बसेर नाचगान गर्दा प्रेसर, सुगर घट्छः डा. पोखरेल


बुटवल–तराईको गर्मीमा विहानै देखिको लामो लाईनका कारण महिलाहरुको स्वास्थ्यमा गंभिर असर पर्न सक्ने भन्दै डाक्टरले सचेत गराएका छन् । तराईको चर्को घाममा लामो समयसम्म लाईनमा बस्दा प्रेसर कम हुने र नाच्दा सुगर घुट्ने हुँदा बहोस हुने सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका डा.सन्तोष पोखरेल बताउँछन् । ‘नाच्दा एक्ससाइज बढी हुन्छ । भोको पेटमा सुगरको मात्रा कम भैरहेको हुन्छ । पानी समेत नपिउँदा पानीको मात्रा कम हुन जान्छ । जसका कारण बेहोस हुन सक्छन्,’ उनले भने–‘कतिपय अवस्थामा मनोबैज्ञानिक कारणले पनि काम गरिरहेको हुन्छ ।’

व्रत बस्दा फलफूलहरु र पानी पिउदा स्वास्थ्यलाई राम्रो हुने चिकित्सको सुझाव छ । कठोर व्रत स्वास्थ्यका लागि हानिकारक हुने उनीहरुको भनाई छ । यस क्षेत्रका सिद्धवावा, मुक्तिनाथ धाम, मोक्षधाम,दाउन्ने लगायतका शिव मन्दिरहरुमा भत्तजनको विहानै देखि भिड लागेको छ । मन्दिरहरुमा भत्तजनको स्वास्थ्यमा ख्यालराखी लाईनको भने व्यवस्थापन हुन सकेको छैन् ।

खुला बाटोमा लामो लाईनमा भत्तजनहरु लाम्वद्ध भएका छन् । साथै, ठाउँ ठाउँमा बाटो नै छेकेर तीज गितका लागि ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन् । यसले पनि मानवीय स्वास्थ्यमा प्रभाव पार्ने देखिएको छ । नाज्दा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको डा. पोखरेल बताउँछन् । अघिल्लो दिन चिल्लो सहितको दर र अर्को दिन भोकै बस्दा ग्याष्टिकको समस्याले सताउने चिकित्सकहरु बताउँछन् ।

संस्कृतिलाई समय सापेक्ष परिवर्तन गर्दै जानुपर्नेमा विज्ञहरुको सुझाव छ । मानवीय स्वास्थ्यमा प्रतिकुल हुने गरी चाडवाड मनाउन उचित नहुने संस्कृतविदा राजेन्द्र कुमार आचार्य बताउँछन् । ‘हाम्रा कतिपय संस्कारहरु स्वास्थ्यका दृष्टिले अत्यन्तै घातक छन् । ती संस्कारलाई जोगाउँदै स्वास्थ्यमैत्री बनाउन सके राम्रो हुन्छ ।’उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ