२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिया वगानका मजदुरद्धारा चिकित्सकको हत्या

चिया वगानका मजदुरद्धारा चिकित्सकको हत्या


आसाम–आसाममा एक चिकित्सकलाई मजुदरहरुले कुटेर हत्या गरेका छन् । उपचारमा ढिलाई भएपछि बिरामीको ज्यान गएको भन्दै आसामको चिया वगानका मजदुरहरुले सोमबार ७३ वर्षीय डा. देबेन दत्तलाई कुटेर हत्या गरेका हुन् । आफ्ना सहकर्मीको अस्पतालमा मृत्युपछि आसामका चिया वगानका मजुदर चिकित्सकमाथि नै जाईलागेका थिए । हत्यामा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

चिकित्सकको हत्याको बिरोधमा इन्डियन मेडिकल एसोशियसन (आईएमए) र आसाम मेडिकल सर्भिस आन्दोलित बनेका छन् । हत्याको बिरोधमा मंगलबारदेखि असाममा २४ घन्टा चिकित्सा सेवा ठप्प छ ।

घटनाबारे असामका एक प्रहरी अधिकारीलाई उदृत गर्दै दी इन्डियन एक्सप्रेसले लेखेको छ, ‘बिरामी भएपछि टियोक चिया वगानका ३२ वर्षीय सोमरा माझीलाई सोमबार दिउसो वगानकै अस्पतालमा पु¥याइएको थियो । डा. देबेन दत्त सो समयमा लन्चका लागि बाहिर निस्किएकाले नर्सले प्रारम्भिक उपचार गरेकी थिइन । केही समयपछि चिकित्सक आउदा बिरामीको मृत्यु भइसकेको थियो ।’

सहकर्मीको मृत्युपछि झन्डै ३ सय मजदुरले अस्पताल घेरेर तोडफोड गर्नुका साथै डाक्टरमाथि हमला गरेका थिए । मजदुरले डा. दत्तलाई अस्पतालको सिसाले टाउको र खुट्टामा हानेका थिए । उनको जोहात मेडिकल कलेजमा लाने क्रममा मृत्यु भएको थियो ।

मजुदरको पिटाइबाट वगानका एक प्रवन्धक पनि घाईते भएका छन् । मजदुर माझी बाथरुममा लडेपछि गम्भीर अवस्थामा अस्पतालमा पु¥याइएको थियो । उनलाई स्ट्रोक भएको अनुमान गरिएको छ । चिकित्सक ढिलो आउदा सहकर्मीको मृत्यु भएको वगानका मजुदरले आरोप लगाएका छन् ।

चिकित्सक हत्याको शोकमा असाममा चिकित्सकहरुले मंगलबार साँझ मैनबत्ती जुलुस निकाल्ने भएका छन । डा. दत्तमाथिको आक्रमणले ‘सबै सहनसक्ने सिमा’ नाभेको आइएमएको आसाम इकाइले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ