२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता

सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता


काठमाडौं–विश्व स्वास्थ्य संगठन अन्र्तगतका दक्षिण पूर्वी एशियाली राष्ट्रले सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उच्च संक्रमणयुक्त तथा घातक यो रोगबाट हुने मृत्यु र बालबालिकालाई सम्भावित अशक्तताबाट जोगाउन ती राष्ट्रहरुले यस्तो घोषणा गरेका हुन । दक्षिण पूर्वी एशियाका लागि डब्लुएचओको क्षेत्रीय समतिको नयाँ दिल्लीमा जारी ७२औं वैठकले यी दुई रोग निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

‘नयाँ लक्ष्यले पछिल्ला दिनमा रोग नियन्त्रणका लागि गरिएका अभूतपूर्व प्रयास, प्रगति, राजनीतिक प्रतिबद्धता र अभियानलाई थप बल प्रदान गर्नेछ,’ डब्लुएचओका दक्षिण पूर्वी एशिया निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।

दादुरा उन्मुलन र रुबेला नियन्त्रण सन् २०१४ देखि नै मुख्य रुपमा क्षेत्रीय प्राथमिकतामा परेको छ । भुटान, दक्षिण कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोरसहित ६ देशले दादुरा निर्मूल गरिसकेका छन् ।

त्यस्तै, नेपाल, वंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र टिमोरले रुबेला नियन्त्रण गरेका छन् ।

नयाँ लक्ष्य प्राप्तीका लागि क्षेत्रीय र उप–क्षेत्रीय तहमा दादुरा र रुबेलाबिरुद्ध यो क्षेत्रको ठूलो जनसंख्यामा खोप कार्यक्रमलाई सशक्त पार्ने पनि सदस्य राष्टहरुले दृढता व्यक्त गरेका छन् । दादुरा र रुबेलाको सम्भावित प्रकोपसँग जुध्न पर्याप्त तयारी गर्ने विषयमा पनि सदस्य राष्ट्रबीच छलफल भएको छ ।

सन् २०२३ सम्म दादुरा र रुबेलाको भाईरस नसर्ने सुनिश्चिता गर्न सदस्य राष्ट्रले राजनीतिक, सामाजिक र आर्थिक सहयोग परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन् २०२० देखि २०२४ सम्म रुबेला र दादुरा उन्मुलनका लागि सदस्य राष्ट्रहरुले रणनीतिक योजना अंगीकार गरेका छन, जसले यस क्षेत्रमा रोग उन्मुलनको लक्ष्य प्राप्तीका लागि रोडम्याप र फोकस गरिएको क्षेत्रलाई पहिचान स्थापित गर्नेछ ।
‘दादुरा उन्मुलनको अर्थ प्रत्येक वर्ष यो क्षेत्रका ५ लाख मानिसलाई मृत्युबाट जोगाउनु हो । रुबेला र दादुरा उन्मुलनले यस क्षेत्रमा रुबेला संक्रमित ५५ हजारलाई यो रोगबाट बचाउनुको साथै गर्भवती महिला र शिशुको स्वाथ्यको प्रर्बद्धन गर्नु हो ।’ क्षेत्रीय निर्देशक सिंहले भनिन् ।
सन् २०१४ देखि २०१७ को अवधिमा दादुराका कारण मृत्यु हुने मृत्यु दर २३ प्रतिशतले घटेको छ । २०१७ देखि झण्डै ३० करोड ६६ लाख बालबालिकालाई दादुरा –रुबेला खोप दिइएको छ ।

११ ओटै सदस्य राष्ट्रहरुका बालबालिकाले दादुरा राखिएको खोप (एमसीभी) र १० देशको रुबेला राखिएको खोपको पहँुच छ ।
कुपोषित र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिकालाई आक्रमण गर्ने भएकोले दादुरा गरिबका वर्गका लागि खतरनाक मानिन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ