२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा लगातार बढ्दै कोरोना केस, एकैदिन थपिए ९३ हजारभन्दा बढी संक्रमित

भारतमा लगातार बढ्दै कोरोना केस, एकैदिन थपिए ९३ हजारभन्दा बढी संक्रमित


भारतमा दिनानुदिन कोरोना संक्रमण तीव्र रुपले वृद्धि भैरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ९३ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै सबैभन्दा बढी संक्रमित राष्ट्रको ५ औं स्थानमा पुगेको छ। यसअघि १६ सेप्टेम्बरमा एकैदिन ९७ हजार ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भारतमा कोरोना संक्रमितको संख्या कम हुन थालेको थियो ।

यता, एकैदिन ५ सय १३ जना संक्रमितले ज्यान गुमाएका छन्।

गत शुक्रबार मात्रै ८३ हजार भन्दा बढीमा कोरोना संक्रमण पाइएको थियो। जहाँ अमेरिकामा ७० हजार २४ जना र ब्राजिलमा ६९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो। यदी दिनप्रतिदिन संक्रमितको संख्या यहि गतिमा बढ्ने हो भने ब्राजिललाई पनि उच्छिने विज्ञहरुको भनाई छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ