२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यविभिन्न माग राख्दै भरतपुर अस्पताल युनियनद्धारा मेडिकल सुपरिटेन्डेन्ट समक्ष ज्ञापनपत्र

विभिन्न माग राख्दै भरतपुर अस्पताल युनियनद्धारा मेडिकल सुपरिटेन्डेन्ट समक्ष ज्ञापनपत्र


काठमाडौं–भरतपुर क्यान्सर अस्पतालमा विगत डेढ महिनादेखि कर्मचारीको करार नबिकरण नगरिएको र तलब नदिइ काम गराइएको भन्दै अस्पताल विकास समिति, कर्मचारी युनियनले प्रशासनको चर्को बिरोध गरेको छ । अस्पताल प्रशासन गैह जिम्मेवार भएको आरोप लगाउदै युनियनले आफ्ना विभिन्न माग राखेर मेडिकल सुपरिटेन्डेन्ट समक्ष ज्ञापनपत्र पेस गरेको छ ।

अस्पताल प्रशासनले कर्मचारीको मनोबल गिराउने क्रियाकलाप गरेको युनियनले आरोप लगाएको छ । ‘बिरामीसँग अहोरात्र खटिने कर्मचारीको मनोबल गिराउने क्रियाकलापमा अस्पताल प्रशासन लागिपरेकोले बारम्बार मौखिक र लिखित ज्ञापन पत्र बुझाउदा समेत माग पुरा गर्न आनाकारी भइराखेको छ,’ युनियनद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ।

युनियनले विभिन्न समयमा फैलिने प्रकोप तथा महामारीसँगै बढेका विरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधारको तत्काल व्यबस्था गर्न माग गरेको छ । इमर्जेन्सी विभाग, ओपीडी विभाग, फार्मसी विभाग, युएसजी तथा एक्सरे सेवा छिटो छरितो बनाउदै इमर्जैन्सी प्रयोगशाला थप गर्नुपर्ने र सम्पूर्ण कर्मचारीको असार मसान्तपछि राकिएको करार नबिकरण गरि बढेको स्केल अनुसार तलबभत्ता निकासा गर्नुपर्ने युनियनले माग गरेको छ । त्यस्तै, स्वास्थ विमाको सूचना बिरामीलाई सुनिश्चित गर्न र सेवा सहजताको लागि नागरिक वडापत्र बनाउनुपर्ने, सम्पूर्ण कर्मचारीलाई चाडपर्व खर्च, पोसाक भत्ता र महंगी भत्ता उपलब्ध गराउनुपर्ने माग पनि युनियनले गरेको छ ।

त्यसैगरी, युनियनले सार्वजनिक बिदाबाहेक वार्षिक रुपमा सचित हुनेगरी मासिक १ दिन बिदा दिनुपर्ने, सुत्केरी बिदा र सुत्केरी स्याहार बिदा नेपाल सरकारको नियम अनुसार दिनुपर्ने, सम्पूर्ण कर्मचारीलाई दुर्घटना र उपचार्रथ समय अवधिभर बिदा दिनुपर्ने, नर्सिङ कार्यक्रममा विकास समिति तर्फका कर्मचारी अनिवार्य हुनेगरि शैक्षिक बोर्ड बनाई संचालन गर्नुपर्ने र भतरपुर अस्पताललाई प्राप्त हुने शैक्षिक तथा अन्य कर्मचारी कोटामा निजामति कर्मचारी सरह विकास समिति कर्मचारी समेट्नुपर्ने माग गरेको छ ।

माग वेवास्ता गरिए विभिन्न कार्यक्रमसहित अघि बढ्ने र त्यसको जिम्मा अस्पताल प्रशासन स्वयंम जिम्मेवार हुने युनियनले चेतावनी दिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ