२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरिरबाट किन आउछ गन्ध ?

शरिरबाट किन आउछ गन्ध ?


एजेन्सी । प्रायः सबै मानिसलाई स्वास्थ हुने इच्छा हुन्छ । स्वास्थ्यप्रति सदैब सचेत हुँदाहुदै पनि कहिलेकाही नसोचेको समस्या आउछ । दैनिक नुहाँउदा र सफा लुगा लगाउँदा पनि कतिपय मानिसको शरिरबाट एक प्रकारको नमिठो गन्ध आएको हुन्छ । मानिसका विभिन्न स्वास्थ्य समस्यामध्ये शरिर गन्हाउनु पनि एउटा समस्या हो । शरिरबाट गन्ध आउनुका कारणः

तपाईको खानेकुरा कस्तो छ ?
लसुन, प्याज, अचारलगायत हामीले खाने केही खानेकुराका कारण मुख मात्र गन्हाउने होइन की समग्र शरिरबाटै नमिठो गन्ध आउछ । यी खानेकुराबाट प्राप्त पोषण तत्व रक्तनलीमा पुगेपछि डकार, पसिना, पिसाब तथा बीर्यबाट गन्ध आउछ । ब्रोकाउली, बन्दालगायत धेरै सल्फरपाइने सागसब्जीमा दुर्गन्ध निम्त्याउने तत्व हुन्छ, जुन पसिनामार्फत शरिरबाहिर आउछ । धेरै मासु र न्यून कार्बोहाईड्रेडयुक्त खानेकुरा खाएमा पनि गन्ध आउछ । त्यस्तै, धेरै पियक्कड मानिसको पसिनाबाट दुर्गन्ध आउने गर्छ ।

वंशानुगत समस्या पनि शरिरको दुर्गन्ध
विज्ञहरुका अनुसार केही मानिसमा वंशानुगत कारण पैतालामा पसिना आउछ । ती पसिनमा माइक्रोकोकस सिडेनटरिअस नामक व्याक्टेरिया हुन्छ जसले समग्र शरिर नै दुर्गन्धित बनाइदिन्छ । कसैको शरिरमा टिमिथाईलामिनुरिअ नामक तत्व हुन्छ जसका कारण मानिसको शरिरबाट माछाको जस्तै गन्ध आउछ । यस्तो गन्ध मानिसको सास, पसिना, र पिसाबबाट आउछ ।

एउटै ब्रा लगाउनु भएको त छैन ?
महिलाको शरिर गन्हाउनमा केही हदसम्म उनीहरले लगाउने ब्राको पनि भूमिका हुन्छ । केही महिलाले दुई÷ तीनदिन लगातार एउटै ब्रा लगाउछ । ब्रामा छिट्टो पसिना आउने हुँदा पनि शरिर गन्हाउछ । केही ब्रामा दुर्गन्ध निम्त्याउने फर्म प्रयोग गरिएको हुन्छ, जसका कारण ब्रा छिटो गन्हाउछ ।

चिन्तारोग वा डिप्रेसन
चिन्ता लिने मानिस मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि रोगी हुन्छन् । हाम्रो शरिरमा विभिन्न प्रकारका पसिना उत्पादन हुन्छन् । विज्ञहरुका अनुसार चिन्ता वा निराश लिने मानिसको शरिरबाट एउटा पृथक प्रकारको पसिना आउछ, जसका कारण शरिरबाट नमिठो बासना आउछ । चिन्ता लिने मानिसको शरिरको एप्रोक्राइन ग्रन्थीबाट आउने पसिनाले शरिरलाई नै दुर्गन्धित बनाइदिन्छ । यस्तो गन्ध प्रायजसो शरिरमा पसिना नहँुदा आउछ । यो पसिनामा छिटै व्याक्टेरिया उत्पन्न हुन्छ ।

डायबिटिजको समस्या त छैन ?
डायबिटिजका कारण पनि शरिर गन्हाउछ । पर्याप्त इन्सुलिनको अभावमा शरिरले उर्जाको लागि धेरै फ्याट उपयोग गर्छ । फ्याट बढी उपयोग हुँदा केटोन्स नामक तत्व उत्पादन हुन्छ जसले गर्दा शरिरमा दुर्गन्ध उत्पन्न हुन्छ ।
स्रोतः हफिङटनपोस्ट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ