२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यतपाईको यी बानीले मृगौलालाई हानी गरिरहेको त छैन ?

तपाईको यी बानीले मृगौलालाई हानी गरिरहेको त छैन ?


जानेर वा नजानेर हुने हाम्रा दैनिक बानीले पनि मृगौलालाई असर गरिरहेको हुन सक्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको मृगौलामा असर हुनुमा मानिसको लापरवाही पनि मुख्य जिम्मेवार छन । जुन यस प्रकारका छन् ।

१. अत्याधिक नुन सेवन गर्ने बानी

खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ।

२. पिसाब  रोकी राख्ने बानी

पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

३.  पानी कम पिउने बानी 

पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

४. धुम्रपान गर्ने बानी 

चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

५. चिसो पेय बढी पिउँदा 

जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंक्स  वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

६.  अत्याधिक खाने बानी 

सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ननभेज बढी खाने बानी 

ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. राति ढिलासम्म नसुत्ने बानी 

दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

एजेन्सी 


क्याटेगोरी : अन्य, टिप्स, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ