२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यदुब्लो हुनुको मतलब स्वस्थ हुनु होइन, किन ?

दुब्लो हुनुको मतलब स्वस्थ हुनु होइन, किन ?


तौल असन्तुलन र शरीरमा यसको प्रभाव वास्तविक समस्याको जड हो। यसको मतलब दुब्लो शरीर भएको मानिस स्वस्थ हुन् भन्ने होइन । दुब्लो  मानिसहरूलाई पनि फिट रहन व्यायाम र पौष्टिक खाना चाहिन्छ। कोही व्यक्ति टन्न जंक फुड खाएर पनि दुब्लो हुन्छन, त कोहीमा आधा रोटी खाँदा पनि तौल वृद्धि हुने गर्छ । किन ?

यो सबै मेटाबोलिज्मको जादू हो।  मेटाबोलिज्म भनेको शरीरभित्रको त्यो प्रक्रिया हो जसले तपाइले खाएको खाना र पानीलाई ऊर्जामा परिणत गर्छ र शरीरलाई काम गर्न मद्दत गर्दछ। ध्यानमा राख्नु पर्ने कुरा यो हो कि तपाई सुतिरहेको बेला पनि शरीरलाई श्वासप्रश्वास, रक्तसञ्चार, हर्मोनको लेभल सन्तुलित गर्ने जस्ता गतिविधिका लागि ऊर्जा चाहिन्छ।

तर, यससँग जोडिएको अर्को धेरै महत्त्वपूर्ण कुरा पनि छ। मेटाबोलिज्म तपाईको शरीरको ऊर्जा आवश्यकतालाई प्रभावित गर्छ, तर तपाइ यससँग कति शारीरिक रूपमा सक्रिय हुनुहुन्छ तपाइको शरीरको वजनमा निर्भर गर्दछ। भारतको कानपुरस्थित आभा सुपर स्पेशलिटी अस्पतालमा कार्यरत आहार विशेषज्ञ डा. प्रिया पाण्डेको तौल सन्तुलन बनाउने यी सुझावहरु ।

मेटाबोलिज्मलाई सन्तुलित बनाउन सकिन्छ।

व्यक्तिलाई प्राकृतिक रूपमा राम्रो मेटाबोलिज्मको वरदान प्राप्त भएको छ। तर, यदि अलिकति मिहिनेत गरियो भने तपाइले आफ्नो मेटाबोलिजमलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ। यो सबै तपाइको शरीरमा भएको मांसपेशीको मात्रामा निर्भर गर्दछ र प्रतिरोध प्रशिक्षण वा विशेष कसरतमार्फत तपाइ शरीरमा मांसपेशीको मात्रा बढाउन सक्नुहुन्छ। त्यसैगरी, कसरतमार्फत तपाइ पनि राम्रो मात्रामा क्यालोरीहरू वर्न गर्न सक्नुहुन्छ।

खानाले पनि प्रभाव पार्छ ।

हो, तौल सन्तुलनमा राख्न खानाले निकै महत्वपूर्ण भूमिका खेल्छ। तर, यसको अर्थ दुब्ला मानिसले पौष्टिक खाना खाएन भने पनि ऊ स्वस्थ रहन्छ भन्ने होइन । उनको मेटाबोलिज्म को दर सधैं उनको साथ दिन्छ भन्ने हुँदैन । जंक फूड धेरै खाँदा पनि दुब्लो रहने मानिसमा जंक फूडले गर्ने क्षति उसको शरीरले भोगिरहेको हुन्छ । त्यसैगरी, बेलुकीको खाना खाइसकेपछि तुरुन्तै सुत्नु, कुनै पनि शारीरिक क्रियाकलाप नगरी बस्नु, मोबाइल, टिभी हेरिरहँदा खाना खाने आदि दुब्ला मानिसका लागि पनि खराब बानी हुन् ।

तौल घटाउनका लागि मात्रै व्यायाम वा शारीरिक क्रियाकलाप आवश्यक हुँदैन । तौल सन्तुलित राख्न र शरीरलाई भित्रबाट बलियो बनाउन पनि व्यायाम आवश्यक हुन्छ । अर्को तथ्य यो हो कि दुब्लो मानिसहरूमा पनि सुस्त मेटाबोलिज्म दर हुन सक्छ। मेटाबोलिज्मको राम्रो दर कायम राख्न राम्रो मात्रामा क्यालोरीहरू वर्न हुनु आवश्यक छ। यसका लागि शरीरमा कम्तिमा अलिकति बोसो जम्मा गर्नुहोस् र अधिक मांसपेशी बनाउनुहोस्।

तपाइको शरीर पातलो होस् वा मोटो, तपाइको आहार तपाइको शरीर अनुसार हुनुपर्छ। तरकारी, रोटी, भात, दाल, सलाद आदि समावेश भएको सादा नेपाली खाना उत्तम विकल्प हो। यदि तपाइ मांसाहारी हुनुहुन्छ भने समुद्री खाना र अण्डा पनि फाइदाजनक हुन सक्छ। यदि तपाइ एथलीट हुनुहुन्छ वा नियमित जिमिङ गर्नुहुन्छ वा धेरै घण्टा व्यायाम गर्नुहुन्छ भने तपाइलाई प्रयाप्त प्रोटिन, भिटामिन, मिनरल्स चाहिन्छ।

यदि तपाई आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने सबैभन्दा राम्रो उपाय भनेको विशेषज्ञको सल्लाहमा बनाइएको आहार चार्ट पछ्याउनुहोस्। मेटाबोलिजमलाई राम्रो बनाउन खानाबाहेक पर्याप्त निन्द्रा, प्रशस्त पानी पिउने, मदिरा र चुरोटबाट टाढै रहनुपर्छ ।

-एजेन्सी

 यो पनि :-  जाडोको समयमा देखिने मुटु स्वास्थ्यका समस्या, कसरी बच्ने ?


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ