२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययो एक भिटामिनको कमीले बनाउँछ उमेर नपुग्दै बुढ्यौली

यो एक भिटामिनको कमीले बनाउँछ उमेर नपुग्दै बुढ्यौली


मुटु, दिमाग र शरीरलाई स्वस्थ राख्न शरीरलाई आवश्यक पोषक तत्व चाहिन्छ। हामीले यी आवश्यक पोषक तत्वहरू आहारबाट पाउँछौँ। त्यसैले भिटामिन, मिनरल्स, प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्वहरूले भरपुर मात्रामा खानेकुरालाई खानामा समावेश गर्नुपर्छ। यीमध्ये एक भिटामिन बी-१२ हो जुन स्वस्थ रहन धेरै महत्त्वपूर्ण छ। यसको कमीले धेरै रोग निम्त्याउँछ। जसका कारण हड्डी र जोर्नीमा समस्या, मानसिक, रक्तअल्पता आदिको जोखिम हुन सक्छ । विशेषगरी भिटामिन बी-१२ को कमीले हाम्रो मस्तिष्क र स्नायु प्रणालीलाई सबैभन्दा बढी असर गर्छ।

यद्यपि, सही आहारसँगै भिटामिन बी-१२ को कमीबाट बच्न सक्नुहुन्छ। साथै, भिटामिन बी-१२ को कमीलाई हटाउन यी खानेकुरालाई आफ्नो आहारमा अवश्य समावेश गर्नुहोस्। यसको सेवनले शरीरमा भिटामिन बी–१२ को कमी हुँदैन । यी भिटामिनयुक्त खानेकुराले हामीलाई चाडै बुढो हुनबाट बचाउँछ। सबैभन्दा धेरै भिटामिन बी-१२ पाइने खानेकुराहरु के के हुन् जानौं ।

दही

भिटामिन बी-१२ को कमीलाई हटाउन, दहीलाई आहारमा समावेश गर्नुपर्छ। दहीले भिटामिन बी-१२ को कमीलाई मात्र हटाउँदैन पेटलाई पनि ठिक राख्छ। दहीमा भिटामिन बी–२, बी–१ र बी–१२ पाइन्छ ।

सोयाबीन

सोयाबिनमा भिटामिन बी–१२ प्रचुर मात्रामा पाइन्छ । यो कमीलाई हटाउन सोया मिल्क, तोफु वा भटमासको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ।

अण्डा

अण्डा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी भिटामिन B-12 को कमी हटाउन मद्दत गर्दछ। त्यसैले नियमित रूपमा कम्तीमा २ अण्डा खानुपर्छ । यसले शरीरमा भिटामिन बी-१२ को कमीलाई हटाउँछ।

दूध

आफ्नो आहारमा दूध समावेश गर्नुहोस्। यसमा सबै पोषक तत्वहरू साथै भिटामिन बी-१२ राम्रो मात्रामा पाइन्छ। शरीरमा भिटामिन बी–१२ को कमी पनि यसको सेवनले पूरा गर्न सकिन्छ ।

पनीर

पनीरको सेवनले शरीरलाई प्रोटिन र क्याल्सियम मात्र उपलब्ध गराउँदैन, भिटामिन बी–१२ पनि प्रशस्त मात्रामा पाइन्छ । शाकाहारीहरूका लागि पनीर उत्तम विकल्प हुन सक्छ।

माछा

भिटामिन बी-१२ को कमीलाई हटाउन खानामा लब्स्टर र साल्सर माछा अवश्य समावेश गर्नुहोस्। यसमा भिटामिन बी–१२ र भिटामिन ई राम्रो मात्रामा पाइन्छ ।

च्याउ

च्याउ भिटामिन बी-१२ को राम्रो स्रोत हो। यसमा भिटामिन बी–१२ बाहेक प्रोटिन, क्याल्सियम र आइरन पनि पाइन्छ । यसलाई आफ्नो आहारमा समावेश गरेर, तपाई सो भिटामिनको कमीलाई हटाउन सक्नुहुन्छ। साथै यो स्वास्थ्य को लागी धेरै लाभदायक छ ।


क्याटेगोरी : अन्य, टिप्स, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ