२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्स अधिकृत रावतको नजरबाट ‘नारी’

नर्स अधिकृत रावतको नजरबाट ‘नारी’


नारी र पुरुष अस्तित्वका सुन्दर सृजना हुन् जसमा कुनै दुईमत छैन। शारीरिक, मानसिक एवं भावनात्मक हिसाबले नै दुई विपरित ध्रुवीय व्यक्ति जब पारिस्पारिक रुपले अघि बढ्दछन् तब सुन्दर सृष्टि गर्ने समार्थ्य पनि राख्दछन्। केवल मानव जातिमा मात्रै हैन, प्रकृतिका हरेक सजिव-निर्जीव चीजहरुमा पनि नर-नारी विधमान हुन्छ। भनिन्छ- हरेक नारीभित्र पुरुष एवं हरेक पुरुषभित्र नारी हुन्छ। यस अर्थमा आज नारी दिवसको अवसरमा नारी शक्ति एवं स्वभावको बारेमा चर्चा गर्नु अत्यन्तै सान्दर्भिक देखिन्छ।

शारीरिक रुपले पुरुषको भन्दा भिन्नता

शारीरिक बनावट एवं शरीरिक कार्यका हिसाबले महिला र पुरुषमा विविधता देखिन्छ। मानिसको रगतमा रक्तकोषिका, हेमोग्लोबिन, र मांसपेसीको आयात महिलाभन्दा बढी पुरुषमा हुन्छ। जसले पुरुषलाई महिला भन्दा बलवान बनाउँछ। त्यसैगरी, महिला र पुरुषमा हुने हार्मोनका स्तर पनि फरक हुन्छ। महिलामा इस्ट्रोजन, प्रोजिस्टरेन एव अक्सिटोसिन हार्मोनको मात्रा बढी हुन्छ। जसले स्त्री शरीरको सुडौल र कोमल बनाइदिनुका साथौ माया-ममता जगाउन सहयोग गर्दछ।

त्यसैगरी, पुरुषमा एन्ड्रोजिन तथा टस्टोस्टेरोन हर्मोनको मात्रा महिलामा भन्दा बढी हुन्छ। जसले पुरुषलाई शारीरिक बल प्रदान गर्ने, मांसपेसीको विकास गर्ने, रौँ, दार्ही,जुँगा आउने तथा पराक्रमी, सहासी बनाउन मद्दत गर्छ। शारीरिक संरचना त प्राकृतिक हो। तर, सिप, शिक्षा, अवसर र प्रशिक्षण पाए छोरीमा पनि छोराजस्तै स्वभाव प्रत्यारोपण गराउन सकिन्छ।

महिलाको जनसंख्याको स्थिति

विश्व बैंकको २०२० को तथ्यांक अनुसार विश्वको मानवजनसंख्या ७.७ बिलियन छ भने महिलाको संख्या ३.८ बिलियन छ। त्यसैगरी नेपालको राष्ट्रिय जन्स्नाख्या वि,स २०७८ का अनुसार कुल जनसंख्यामा ५१. ०४ प्रतिशत महिला छन्। यसरी हेर्दा विश्वमा पुरुषको तुलनामा महिलाको संख्या केहि कम भएतापनि नेपालमा भने महिलाको बाहुल्यता देखिन्छ।

आध्यात्म र नारी

मानव शरीरमा ७ वटा चक्रहरू हुन्छन। ती चक्रहरु मध्ये महिलाले अनाह्त चक्र अर्थात हृदयबाट सोच्ने हुँदा महिला बढी भावुक हुने, मायाममता र स्नेहदायी हुन्छन भने पुरुषले आज्ञर चक्र अर्थात मगजबाट सोच्ने हुँदा पुरुष बढी बुद्धि विचार, विवेक र सोच प्रयोग गगर्ने खालका हुन्छन। तसर्थ, महिलाले पुरुषको भूमिका निर्वाह गर्नका लागि आज्ञा चक्र मगजको विकास गर्नुपर्छ। भने, पुरुषले महिलाको भूमिका निर्वाह गर्नका लागि अनाहत चक्र (माया-ममता) चक्त्रको विकास गर्नु जरुरी छ।

सामाजिक भूमिका

परापूर्व कालदेखि नै शारीरिक एवम सामाजिक संरचनालाई ध्यानमा राखी महिलाले घर-परिवार, बालबच्चा, तथा वृद्धवृद्धालाई हेरचाह गर्ने साथै पुरुषले बाहिर आय-आर्जनको कार्य गर्ने गरेको देखिन्छ। महिला र पुरुषलाई सामाजिक भूमिका निर्वाह गरेकै आधारमा समाजमा महिला र पुरुष भन्ने बितिकै स्वत : उनीहरुले निर्वाह गर्ने भूमिकाछुटीहाल्छ। महिलाले घर सम्हाल्ने अनि पुरुषले बाहिर काम गर्ने।

तर, वर्तमान समयका महिलाहरु महिलाका भूमिका मात्र नभई क्रमंश : पुरुषको भूमिकामा पनि उत्तिकै सक्रिय हुँदैछन्। घर-परिवार चलाउने, बच्चा जन्माउने, हुर्कौउने, घरयासी काम गर्ने, इत्यादि :- यो एउटा छुटै विभाग हो जसमा महिलाले २४ औं घण्टा समय दिंदा पनि अपुग नै हुन्छ। भने त्यो सबै सकेर जागिर, आय आर्जनको काममा पनि महिला सरिक हुन्छन्। हने त्यो उनको लागि निकै चुनौती बन्दछ। उनी घरमा पनि खटिनुपर्छ। – बुहारी, देउरानी, आमा इत्यादिको भूमिका निभाउदै भने काममा पनि उतिकै कुशल कर्मचारी बन्नुपर्ने हुन्छ।

तर, यति भन्दै गर्दा ‘किन महिलाले काम गर्नुपर्यो त ? भन्ने प्रश्न पनि आउन सक्छ। किनकी जुन हिसाबले हाम्रो समाज शिक्षित बन्दै संगोलबाट एकल परिवार बन्दैछ , अनि कृषि कार्यबाट रोजगारी एवं व्यवसायतर्फ लम्किरहेको छ। समाजको यो परिवतर्नलाई थेग्न र आर्थिक एव सामाजिक रुपले सबल हुन् महिला शिक्षित भै अर्थोपार्जनका कार्यमा समेत संलग्न हुनुपर्ने देखिन्छ।

महिला प्रतिका सामजिक विभेद

लिंगभेद विश्वमा सबैतिर छ। तसर्थ नेपा पनि यसबाट अछुतो रहन सक्दैन। हाम्रो समाज पितृसतात्मक व्यवस्थामा आधारित भएको हुँदा महिलाले बढी विभेद झेल्नुपर्छ। यसको मतलब पुरुषले कहिल्यै विभेद हुँदैनन् भन्ने चाहिं हैन। तर, तुलनात्मक हिसाबले महिलामा पुरुषमा भन्दा बढी लैगिंक दबाब हुन्छ।

मैले देखे अनुसार जब एउटी छोरीको जन्म हुन्छ हर्षसँगै एउटा नजानिँदो असुरक्षा पनि सँगै आइपर्दछ। अभिभावकमा। फलस्वरूप घरको नियम कडा बनाइइन्छ। लवाइ-खवाई, चालचलनदेखि लिएर छोरीको हरेक क्रियाकलापलाई घर परिवारले निगरानी मै हुन्छन्। यो प्रकिया अझै सबल तब बन्दछ जब छोरीको महिनावारी सुरु हुन्छ।

छोरी भन्ने बित्तिकै एक किसिमको सजगता सबै सधै रहिरहन्छ। त्यससंगसंगै गलत हेराइ, छुवाई, बलात्कार, शारीरिक/मानसिक हिंसा, पेशागत विभेद, जवर्जस्ती विवाह, बच्चा जन्माउने दवाव, भ्रुण हत्या इत्यादि। जतिजति महिलाको उमेर बढ्दै जान्छ जीवन अझ कठिन हुँदै जान्छ।

तर महिलाप्रतिको विभेद कहाँ छैन र ? विलियम र डेम्प्सीले सन् २-१४ मा लेखेको ‘ह्वाट वर्क्स फर विमिन एट वर्क’ अर्थात महिलालाई कार्यस्थलमा के कुरा सहयोगी हुन्छ’ नामक किताबमा महिलालाई ‘दक्षता प्रदर्शनपछि पनि पटक-पटक प्रमाणित गर्नुपर्ने, नारीत्व र पुरुषत्वको बीचमा संर्घर्षरत हुनुपर्ने, प्रसुतीपछि काममा लिन नखोज्ने, त्यसैगरी आफ्ना इच्छा र अरुका अपेक्षाहरुका बीचमा पेलिनुपर्ने जस्ता विभेदहरु उल्लेख गरेका छन्।

त्यस्तै, महिलाहरुमा हुने बौद्धिक विभेदमा उस्तै, कार्यमा पुरुष भन्दा कम ज्याला पाउने, कडीकडाउ गर्ने, अन्तरवार्तामा महिलालाई पुरुषभन्दा भिन्न प्रश्न सोध्ने, सहायकस्तरको व्यवहार गर्ने, असंलग्न गराउने, सौन्दर्य प्रयोजनका लागि प्रयोग गर्ने उमेर बढ्दै गएमा कामबाट हात धनुपर्ने इत्यादि। अझ एउटा वर्ग छ जसले महिला र केटाकेटी उत्सै हुन् भन्ने धारणाबाट अभिप्रेरित भै महिलालाई केटाकेटीको व्यवहार गर्छन।

अबको निकास : महिलाको विकास

समाजमा विभेद छ भनेर विभेदको चर्चा गरेर बस्नुभन्दा विकास कसरी गर्ने भनि चिन्तन गर्नु अत्यन्त आवश्यक छ , म देख्छु हाम्रो स-साना नानीहरु कयौं फुलबुट्टे सपनाहरु बुनिरहेका छन्। उनीहरुले बुद्दि-विकास यसरी गर्नु आवश्यक हुन्छ कि वुभेद भैहाल्यो भने पनि हतास नाभैहालुन। केहि निकास खोज्न सकुन ।

महिला र पुरुष बीचको असमानता युगौं देखि चलिरहेको छ तर आजको समयसम्म आइपुग्दा कयौं विभेद कम भैसकेका छन्। पुरुष पनि वीस्तारै घरका काम, बच्चा हुर्काउने, कार्यमा हातेमालो गर्न थालिरहेका छन्। परिवतर्न क्रान्तिले मात्र ल्याउँछ भन्ने होइन, के भैरहेको छ र त्यसलाई स्वीकार गर्दै आफैबाट सम्भावनाको सुरुवात गर्दै जाने हो।

तर्सथ, म हामी महिला दिदीबहिनी तथा मित्रहरुलाई हाम्रो आफ्नै अनुभव, पुरुष मित्रका सुझाव र विभिन्न अध्ययनका आधारमा निम्न क्रियाकलाप संलग्न हुन् आग्रह गर्दछु।

छोरा र छोरीबीच सम्मान व्यवहार गरौँ

  • छोरी बच्चालाइ लजालु /सहनशिल मात्रै बनाउनु भन्दा पनि निर्धकसँग आफ्नो विचारहरु राख्न प्रेरित गरौँ। यसो गर्दा मनका विचार तथा भावनाहरु शारीरिकरुपले भन्दा पनि मौखिक संवादबाट अभिव्यक्ति गर्न सहयोग गर्दछ।
  • हाम्रो समाजमा छोरीहरुलाई जुन हिसाबले माया गर्ने, देवीको ररुपमा सम्मान दिने अथवा पुज्ने प्रचलन छ। त्यो अत्यन्तै राम्रो छ। तर यति हुँदा हुँदै पनि छोरा र छोरी दुवैलाई कर्मप्रति बफादार तथा जवाफदेहि बन्न अभिप्रेरित गरौँ। छोरीले सक्दिनन् भनेर छुट दिने बानी नबसालौं।
  • छोरीलाई स्वयम आफै काम गर्न दिउ। अत्याधिक सुर्क्षक्षामा व्यक्तिले आफुलाई एकल तवरले विकास गर्न सक्दैन। फलस्वरूप बुबा, दाइ, भाइ, श्रीमान अनि छोराको भर पर्नुपर्ने हुन्छ।
  • महिलालाई समूहमाबस्ने बानी बसालौं। कम्तिमा पनि महिनामा १ पटक पारिवारिक, पेशागत वा अन्य समूहमा महिला दिदी बहिनी भेटबाट अनुभव साटासाट गरौँ।
  • पुरुषभित्र मित्र पनि बनाऔं जसले हामीलाई भिन्न दृष्टिकोण विकास गर्न तथा देश-विदेशका बारेमा जान्न सहयोग गर्छन। तर, पुरुष मित्रसंग संयमित व्यवहार कायम गर्न जरुरी हुन्छ।
  • जागिर वा व्यवसाय गर्न महिलाबाहेक अन्य महिलाले केहि न केहि अर्थोपार्जनला कार्यहरुमा संलगन रहौं। यसबाहेक पनि आफ्नो शैक्षिक तथा बौद्धिक विकासलाई कहिले नरोकौं। किनभने समय सधै एकनास रहदैन। र यदी एक्लिनुपरेको खण्डमा पनि आफु सक्षम भइन्छ।
  • नियमित व्यायम, योग अनि ध्यान गर्ने गरौँ। यसले हामीलाई शारीरकरुपमा स्फुर्ती दिनुको साथै विषम परिस्थितिको सामना गर्न सहयोग गर्छ।
  • महिलाको जीवनमा सबैभन्दा ठुलो निर्णय विवाहको हो। जीवनसाथी रोज्दा उपयुक्त उमेर कुरौं, पढाई-लेखाइ सकौं। रोजगार व्यवसायमा संलग्न भएर मात्र आफ्नो विचार,स वभाव र मन मिल्ने मित्रवत पुरुषसंग वैवाहिक सम्बन्धमा जोडियौ।
  •  नारीलाई अत्यन्त अस्थिरताको अनुभव तब हुन्छ जब उनको बच्चा जन्माउछिन्। अनि बच्चा नहुर्किदासम्मको एउटा समय एक किसिमको असूरक्षा, आत्मबल हराएको झैँ अनुभव हुन्छ। त्यो त्यही समय हो जब ३ वर्षको अन्तरालमा उनको सहकर्मी निकै अगाडी बढेका र आफु पछाडी छुटेको झैँ अनुभव हुन्छ र त्यो वास्तबमा हुन्छ पनि। बच्चा जन्माउने समय र बच्चाको संख्या दम्पतिले सरसलाह गरेर तय गरौँ। जब मातृत्वदायित्व सम्हाल्ने बेला आउँछ एक रतिभर पछुतो नमानिकन बच्चालाई शतप्रतिशत समय दियौं।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ